Aamsanchar

विदेशी खादा प्रयोगमा प्रतिबन्ध

Author Image
आइतवार, भदौ १२, २०७३

Khada

 

काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले विदेशबाट आयत गरिएको खादा प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
विदेशबाट खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाा विदेशीएको र त्यसले वातावरण प्रदुषण समेत गरेको भन्दै मन्त्रालयले खादा प्रयोगमा प्रतिबन्ध लगाएको हो । मन्त्रालयले विदेशी खादाको सट्टा स्वदेशी खादाको प्रयोग गर्न भनेको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय सहसचिव घनश्याम उपाध्यायले भने, ‘विदेशी खादा आयात गर्दा वार्षिक करोडौ रुपैयाा विदेशिएको छ । त्यसले वातारण प्रदुषणमा पनि सहयोग गरेको छ । त्यसले प्रयोग नगर्न भनेका हौ ।’
मन्त्रालयले आफू अन्र्तगतका ४० वटा निकायहरुलाई कुनै पनि कार्यक्रममा विदेशबाट आयातित खादा प्रयोग नगर्न लिखित निर्देशन नै दिएकोछ । ‘स्वदेशी बस्तुको प्रयोग गर्न प्रोत्साहन मिलोस भन्ने उद्देश्यले यस्तो निर्णय गरेका हौं । मन्त्रालय अन्र्तगतका निकायलाई मात्रै यस्तो निर्देशन दिएका हौं’, उपाध्यायले नेपालीपत्रसाग भने ।
विदेशी खादाको प्रयोगमा प्रतिबन्ध लगाउादा नेपालमा खादाको उत्पादन हुन सक्ने र ढाका तथा कटनको प्रयोग बढाउन सकिने मन्त्रालयको भनाई छ । अहिले नेपालमै प्रशस्त मात्रामा ढाका र स्वदेशी खादाको समेत उत्पादन भइरहेको तर, विदेशबाट आयात हुने खादाको कारण नेपाली उत्पादन ओझेल परेको उपाध्ययले बताए ।
नेपालमा अहिले सादा खादाको उत्पादन भइरहेको छ । तर, विदेशबाट आयात हुने रंगीन खादाका कारण नेपालमा उत्पादन हुने खादाले बजार पाएको छैन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्रिभुवन विश्वविद्यालयको एउटका कार्यक्रममा विदेशबाट आयात हुने खादालाई रोक्नुपर्ने विचार व्यक्त गरेका थिए । विदेशबाट खादा आयात हुदाा अनावश्यक रुपमा राष्ट्रिय ढुकुटीबाट रकम विदेशीएको उनको भनाई थियो । अहिले सरकारी वा गैरसरकारी सबै खालका कार्यक्रममा अतिथिहरुलाई मालाको सट्टा खादा लगाएर स्वागत गर्ने प्रचलन बढेको छ । बधाई ज्ञापन गर्दा, विदेशी तथा स्वदेशी पाहुनालाई स्वागत गर्दा पनि खादाकै प्रयोग गर्ने गरिएको छ । जसले, नेपाली पहिचान ओझेलमा परेको गुनासो चौतर्फी रुपमा बढ्दै गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर