Aamsanchar

केटीहरुलाई जिन्स लाएर मन्दिर छिर्न प्रतिवन्ध

Author Image
आइतवार, भदौ १२, २०७३
भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ।
श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनtimthumb (1)लगायत लुगा लगाएर मन्दिर छिर्न पाउने छैनन्।
 भारतीय संस्कृति अनुरुपको पोशाक लगाउने र शिर ढाकेका केटी तथा महिलाहरूलाई मात्र मन्दिरभित्र प्रवेश दिने मन्दिरले जनाएको छ।
व्यवस्थापनले यो ड्रेस खुलाउँदै मन्दिरको प्रवेशद्वार बाहिर सूचनासमेत टाँस गरेको छ। मन्दिर सञ्चालन ट्रष्टका अध्यक्ष महेन्द्र सिरोलियाले यो ‘ड्रेस कोड’को पुष्टि गरेका छन्।
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर