Aamsanchar

अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै बालुवाटार घेरे

Author Image
सोमवार, भदौ १३, २०७३

काठमाडौं।

download

अस्थायी शिक्षकहरुले स्थायी गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

राज्यले अस्थायी शिक्षकका माग सम्बोधन नगरेको भन्दै उनीहरुले शान्तिपूर्ण रुपमा राखेका माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

सबै अस्थायी शिक्षकलाई प्रक्रिया पु¥याएर स्थायी गर्नुपर्ने, नयाँ शिक्षा विधेयक खारेज गर्नुपर्ने, सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेका हुन् ।

बालुवाटार अगाडिको निषेधित क्षेत्रबाट अगाडि बढ्न खोज्दा प्रहरीसँग सामान्य झडप समत भएको थियो । उनीहरुको धर्ना र आन्दोलनको कारण बालुवाटार क्षेत्रमा केहिबेर ट्राफिक अस्तव्यस्त भएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर