Aamsanchar

कहाँ छन बेपत्ता नागरिक ?

Author Image
मङ्गलवार, भदौ १४, २०७३

काठमाडौं ।

bepatta

आज ३० अगस्ट अर्थात् बेपत्ता पारिएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

बलपूर्वक बेपत्ता पारिएका व्यक्तिको सम्झनामा हरेक वर्ष ३० अगस्टका दिन यो दिवस मनाउने गरिन्छ ।

सन् १९८१ मा अमेरिकी मुलुक कोस्टा रिकाबाट यो दिवस मनाउन थालिएको हो । नेपालमा विगतमा भएको दश वर्षे लामो सशस्त्र द्वन्द्वका क्रममा सुरक्षा फौज र माओवादीबाट ठूलो संख्यामा नागरिक बेपत्ता पारिएको थियो ।

२०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता गरिँदा बेपत्ता पारिएका व्यक्तिको ६० दिनभित्र सूचना सार्वजनिक गरी परिवारजनलाई जानकारी गराउने भनिए पनि ९ वर्षसम्म यो प्रतिबद्धता पुरा भएको छैन ।

राष्ट्रिय मानवअधिकार आयोगका अनुसार सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षबाट ८ सय ४२ र तत्कालीन माओवादी विद्रोहीबाट १ सय ५२ व्यक्ति बेपत्ता पारिएको तथ्यांक छ । तर बेपत्ता परिवार समाजको तथ्यांकमा भने राज्यद्वारा बेपत्ता पारिएका व्यक्तिको संख्या १ हजार ९५ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर