काठमाडौं,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशमा गरिने उपचारका लागि गरिने खर्चबाट देशमै उपचारका लागि चाहिने उपकरण किन्न प्रस्ताव गर्नुभएको छ ।

नयाँ शक्ति नेपालका संयोजक समेत रहेका डा. भट्टराईले ट्वीटर मार्फत उपचारका लागि एक वर्षमा विदेशिने रकमले देशमै उपचारका लागि आवश्यक पर्ने उपकरण किन्न सकिने प्रस्ताव गर्नुभएको हो ।

देशमा दक्ष डाक्टर नभएर भन्दा पनि अत्याधुनिक उपकरण नभएर नेपालबाट उपचारका लागि विदेश जानुपर्ने अवस्था रहेको भन्दै डा. भट्टराईले राम्रा उपकरण किन्ने प्रस्ताव गर्नुभएको हो ।

Views: 169

