Aamsanchar

वैदेशिक रोजगारी मर्यादित र व्यवस्थित बनाउन निर्देशन

Author Image
मङ्गलवार, भदौ १४, २०७३

काठमाडौँ।

dristi_1294558135

प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने गरी कार्ययोजना पेस गर्न परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयलाई आज निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलका क्रममा प्रधानमन्त्रीले नेपालीले दुःख पाउने, उनीहरुको जीवन रक्षा नहुने र ठगीमा पर्ने अवस्थाको अन्त्यका लागि प्रभावकारी कार्ययोजना ल्याउन निर्देशन दिनुभएको हो । मलेसिया र खाडीका विभिन्न देशमा सयौँ नेपाली कारागारमा रहेका, तीमध्ये केही गम्भीर अपराधमा संलग्न रहेको पाइएको तथा केही कामदार ‘ब्लड मनी’ तिर्न नसक्दा आजीवन काराबास बस्न बाध्य भएको जनाउँदै प्रधानमन्त्रीले उनीहरुलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने बारेमा समेत तत्काल पहल गर्न आग्रह गर्नुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो – “खाडी क्षेत्रमा कामदारका रुपमा गएका नेपालीको समस्या समाधानका लागि पहल गर्न यसअघि नै मैले सम्बन्धित मन्त्रालयलाई भनेको छु । अब वैदेशिक रोजगारीलाई कसरी मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन सकिन्छ, त्यसमा परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालय मिलेर योजना र कार्यक्रम बनाउनुस् । सो कार्यक्रम पूर्ण रुपमा लागू गरिन्छ ।”

सरकारले आफ्नातर्फबाट गर्ने काम पूर्ण लगनशीलताका साथ गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले कुनै पनि कारणले नेपाली समस्या छन् भने त्यहाँ आवश्यक सहयोग पु¥याउनु सरकारको दायित्व हो भन्नुभयो । नेपालीलाई देशभित्रै सम्मानजनक श्रम गर्ने र उचित पारिश्रमिक पाउने अवस्था सिर्जना गराउन सरकारले विशेष ध्यान दिएको र केही महत्वपूर्ण कार्ययोजना ल्याउने समेत प्रधानमन्त्रीले जानकारी गराउनुभयो ।
छलफलमा सहभागी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक अधिकारीले विशेष गरी खाडी क्षेत्रमा कार्यरत नेपालीले भोग्नुपरेको समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीले चासो राख्नुभएको जानकारी दिनुभयो । कारागारमा परेका, उद्धारगृहमा रहेका र ठूलो दुर्घटनामा परी अस्पतालमा उपचाररत कामदारलाई गरिने उद्धार, अवैध रुपमा कामदारको स्वदेश फिर्ती तथा प्रक्रियाका सम्बन्धमा समेत आफूहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर