Aamsanchar

अष्ट्रेलियामा एनआरएनले सुरु गर्‍यो खेलकुद

Author Image
मङ्गलवार, भदौ १४, २०७३

nrn

अष्ट्रेलिया ।

अष्ट्रेलियाभरि रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने र अवसर सृजना गर्ने उद्देश्यले एनआरएन अष्ट्रेलियाले खेलकुद प्रतियोगिताको सुरु गरेको छ ।

पहिलोपटक आयोजना गरिएको यस प्रतियोगितामा विभिन्न ४ खेललाई समावेश गराइएको छ । अष्ट्रेलियाको न्यु साउथ वेल्स, भिक्टोरिया, क्यानबेरा लगायतका सबै राज्यहरुमा रहेका युवा तथा खेलाडीहरुलाई समेट्ने र अवसर प्रदान गर्ने उद्देश्यले खेलकुद प्रतियोगिताको थालनी गरिएको आयोजकले जानकारी दिएको छ । एनआरएन अष्ट्रेलियाका खेलकुद संयोजक नन्द गुरुङले यसवर्ष फुटबल, भलिबल, बास्केटबल र क्रिकेट खेललाई समावेश गरिएको जानकारी दिए ।

एनआरएनले अन्य धेरै क्षेत्रमा काम गरिरहेको भएपनि खेलकुदको क्षेत्रमा केही गरेन भन्ने गुनासो बढेका कारण समेत खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको एनआरएन अष्ट्रेलियाका कार्यबाहक अध्यक्ष दिनेश पोखरेलले बताए । प्रतियोगितामा ४ खेलमा विभिन्न स्थानबाट ५६ टिमहरुको सहभागिता रहेको छ । खेलकुद संयोजक गुरुङका अनुसार प्रतियोगिता अन्तरगतका बास्केटबल, क्रिकेट र भलिबलका खेलहरु सम्पन्न भइसकेका छन भने फुटबल प्रतियोगिता यही ३ सेप्टेम्बरमा आयोजना हुँदैछ ।

अष्ट्रेलियामा रहेका खेलकुदप्रति रुची भएका युवा तथा खेलाडीहरुलाई प्रोत्साहन दिने र अवसर सृजना गरिदिने हाम्रो मुख्य उद्देश्य रहेको आयोजकको दाबी छ । संयोजक गुरुङका अनुसार पछिल्लो समयमा नेपालबाट समेत ठूलै संख्यामा खेलाडीहरु अष्ट्रेलिया आइरहेको सन्दर्भमा प्रतियोगिताले उनीहरुलाई समेत अवसर सृजना गर्नसक्ने बताए । उनले सामाजिक कार्य गर्दै आएको एनआरएनले युवाहरुलाई समेत समेट्ने उद्देश्यले यसबर्षदेखि खेलकुद प्रतियोगिता सुरु गरिएको जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत आइतबार भएको क्रिकेट प्रतियोगितामा वारियर राईनोले उपाधि जितेको थियो भने यसअघि आयोजना गरिएको भलिबल प्रतियोगिता जलजला क्लवले र बास्केटबल प्रतियोगिताको उपाधि मेलवर्नको नेपलिटी क्लबले जितेको कान्तिपुरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर