Aamsanchar

हरदम मेहनतमा हरिहर

Author Image
बुधवार, भदौ १५, २०७३

झापा विर्तामोड नगरपालिका वडा नं. २, त्रिशुली चौ

binodकमा स्थाई बसोबास गर्दै आएका ३८ बर्षिय हरिहर गुईदेल ( दर्जी ) एक मेहनी युवाको रुपमा आफुलाई परिचित गराउदै आएका छन ।

विगत १५ बर्ष अघीदेखि बिर्तामोड–२, चारपानेमा लक्ष्मी टेलर्सलाई सञ्चाल गर्दै आएका हरिहर झापामा कुशल र अब्बल टेलर्स सञ्चालक मध्यको एकमा पर्छन । पाच“थर सुभाङ पुर्खेउली थलो भएका गुईदेल परिवारको लामो पुस्त्यौउली पेशा शिलाई नभएपनी उनका माता पिता मणिराज र तुलसीमायाले भारतको आसामा सिलाई पेशालाई रोजीरोटीको माध्यम बनाएका थिए। पछी पुन नेपाल आएर २०५८ सालमा चारपाने चौकमा सानो घुम्तीवाट सुरु गरेको शिलाई व्यवसायी अहिले झापामा नाम चलेको टेलर्समा पर्छ लक्ष्मी टेलर्स ।

आफैमा ठुलो परिवार भएको गुईदेल परिवारमा ८ जना सदस्य मध्य भाई बुहारी अष्ट्रेलिमा अध्ययन गर्दै आएकाछन भने उनको टेलर्समा हाल ९ जाना स्थाई कामदार छन र तिनीहरुको परिवारको जिविको पार्जको माध्य बनेकोछ टेलर्स ।कोटसुट, दौरासुरुवाल, कुर्तासुरुवाल, कमिज लगायतका कपडा उत्कृष्ट डिजाईनमा सिलाई र ग्राहाकको रोजाई अनुसारका थान कपडा पनि उनको दोकानमा किन्न र जिल्ला र जिल्ला बाहिरका धेरै ग्राहकहरु उनको पसलमा आउने गर्दछन ।

पूर्व प्रधानमन्त्रि झलनाथ खनाल, सामसद रविन कोईराला, राप्रप नेपालका महामन्त्री राजेन्द्र लिङदेन, देशका चर्चित धेरै पण्डित हरुको लुगा सिलाई सकेको बताउने हरिहरकोे कुशल कलालाई मनपराएर अरु थुप्रै विशिष्ट व्यक्तिहरु उनीकहा“ कपडा छेकाउन आउने गर्छन ।
कलिउड, बलिउड र हलिउडमा लगाईने जस्तोसुकै डिजाईनका कपडा कटिङ र शिलाई गर्न सक्के कलाका कारण हरिहर र उनको टेलर्स सबैको रोजाईमा पर्ने गर्छ । अफ्नो पेशामा हरदम लगनशिल, मेहनती,बफादार र विश्वाशिलो बन्नसके नेपालमै रोजगारी र आर्थिक आर्जन गर्न सकिने सोचका साथ पेशामा समर्पित हरिहर ले आधुनिक उपकरण एमोडरी मेशिनलाई प्रयोगमा ल्याई पेशा सञ्चालन गर्दै आएपनी समयको माग अनुसार आगामी दिनमा कम्पूयौटर एमोडरी मेशिन भित्रयाउने सोचमा छन उनी ।

मासिक सरदर ७० हजार आम्दामी हुदै आएको पेशालाई अझ व्यवस्थित गरेर अरु बढी आम्दामी गर्ने प्रयासमा रातदिन नभनी खटिरहेका छन हरिहर गुईदेल । उनको निरन्तर उद्यमशिलताले अझै उचा“ई प्राप्त गर्न सकोस शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर