Aamsanchar

कनकाई नगरलाई उज्यालो नगरी बनाइने

Author Image
बुधवार, भदौ १५, २०७३

prems gir

सुरुङ्गा।
झापा क्षेत्र नं. ४ का सांसद तथा एमाले नेता प्रेमबहादुर गिरीले कनकाई नगरपालिकालाई उज्यालो नगरीको रुपमा विकास गरिने बताएका छन् ।
उनले उक्त कुरा नेकपा एमाले कनकाई नगर कमिटीद्वारा आयोजित आ.व. २०७३/०७४ को योजना तथा त्यसका लागि छुट्याइएको बजेट सम्बन्धी छलफल कार्यक्रममा बताएका हुन् । आ.व.२०७३/०७४ भित्रमा नगरपालिकाभरि विद्युतीकरण सम्पन्न गर्ने, विद्युत आपूर्ति कम भएका ठाउामा पनि विद्युतको प्रवाहलाई वृद्धि गर्न जोड दिने, सो सम्बन्धी कार्ययोजना बनाइएको र त्यसलाई व्यवहारमा लागू गर्न सबैको योगदान आवश्यक रहेका बताइयो ।
कार्यक्रममा नगर कमिटीका पदाधिकारी, वार्ड कमिटीका अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा आ.व.२०७३/०७४ का लागि राष्ट्रिय योजना आयोग, निर्वाचन क्षेत्र विकास तथा सांसद विकास कोषबाट गरिने योजनाका बारेमा समेत छलफल भएको अनेरास्ववियूका नेता नवीन राईले बताए । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक निर्माण, सिञ्चाइ आदिलाई प्राथमिकतामा राखी योजना बनाइएको जानकारी दिइयो ।
यो आर्थिक वर्षलाई विशेष विकास वर्षका रुपमा लैजाने र विकासका हरेक गतिविधिमा जनतालाई सहभागी गराइने निष्कर्षसहित सम्पन्न भएको कार्यक्रमको अध्यक्षता कनकाई नगर कमिटीका अध्यक्ष कोमलप्रसाद पन्तले गरेका थिए ।
कार्यक्रममा राजेन्द्रकुमार पोखरेल, ओमप्रसाद पाठक, चुवालाल राजवंशी, रोशन सुबेदी, बिनोद मगर लगायतका एमाले नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव रविन्द्र लम्सालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर