Aamsanchar

बिर्तामोडमा टीभीएस अटो रिक्साको बिक्री शुरु

Author Image
बुधवार, भदौ १५, २०७३

tvs
बिर्तामोड ।
सहारा अटो मोवाइल्स एण्ड कम्पनी प्रालि बिर्तामोड–२ चारपानेले टीभीएस अटोरिक्साको विक्री वितरण शुरु गरेको छ ।
बिर्तामोडमा सोमवार एक समारोहको आयोजना गरी टीभीएस अटो रिक्साको विक्री वितरण शुरु गरेको सहारा अटो मोवाइल्स एण्ड कम्पनीले जनाएको छ । टीभीएस अटो रिक्सा विक्री वितरणका लागि सहारा अटो मोवाइल्स मेची अञ्चलको आधिकारिक डिलर रहेको कम्पनी प्रालिका अध्यक्ष तथा सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताए । जगदम्बा मोटर्स प्रालि र अन्य सरोकारवाला निकायबीच अन्तरक्रियाको समेत आयोजना गर्दै आफ्नो कम्पनीले अटो रिक्साको विक्री वितरण शुरु गरेको अध्यक्ष गिरीले जानकारी दिए । ५ लाख मूल्य पर्ने उक्त अटो रिक्सा सहाराका सदस्यलाई एक लाख रुपैयाा दिएपछि चार लाख रुपैयाा फाइनान्सियल सुविधा उपलब्ध गराउने कम्पनीका सहायक निरीक्षक लक्ष्मण खतिवडाले बताए ।

tva meet final
साकोसका सदस्य तथा विभागीय प्रमुख टेकनाथ खनालले २०० सीसी इञ्जिन भएको अटो रिक्सा, चार सिट क्षमतामा उपलब्ध रहेको र यसको कार्यालय पश्चिम बसस्टेण्डमा रहेको बताए । उनले भने– पेट्रोल इञ्जिनबाट सञ्चालन हुने उक्त अटो रिक्साको माइलेज ३५ किलोमिटर प्रतिलिटर रहेको छ ।
कार्यक्रममा जगदम्बा मोटर्सका दीपकका पुराकोटीले अटो रिक्साको बारेमा जानकारी गराएका थिए । सो अवसरमा कानूनी प्रावधानको विषयमा यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख टंक कार्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका निमित्त कार्यालय प्रमुख कालीदास रेग्मीले ट्राफिक व्यवस्थापनको विषयमा बोलेका थिए । महेन्द्र गिरीको अध्यक्षतामा भएको कार्यक्रममा साकोसको उपाध्यक्ष हरिप्रसाद निरौला, कोषाध्यक्ष उपेन्द्रप्रसाद ओली, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्का लगायतको उपस्थिति रहेको थियो । सहारा अटो मोवाइल्स एण्ड कम्पनी प्रालिले हालसम्म १८ वटा अटो रिक्सा विक्री वितरण गरेको विभागीय प्रमुख खनालले बताए । कार्यक्रमको सञ्चालन सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका शुक्र तामाङले गरेका थिए ।
यसअघि सोही अटो मोवाइल्स एण्ड कम्पनी प्रालिले यसको बजारीकरणको लागि झापा र मोरङ्गको पथरीसम्म रोड सोको आयोजना गरेको थियो । पक्की र कच्ची सडकमा कम खर्चमा सवारी यात्राका लागि किफायती मानिएको टेम्पो सवारी दुर्घटना परिहाले सुरक्षित पनि मानिएको छ । जगदम्वा मोटर्सका बजार महाप्रवन्धक दीपककुमार पुराकोटीले क्रयासजोन प्रविधि भएकाले ८० किलोमिटर प्रतिघण्टाको स्पीडमा ठोक्किएमा यात्रु सुरक्षित हुने दावी गरेका छन् ।
यता सहारा नेपालका कार्यकारी निर्देशक महेन्द्र गिरीले टेम्पोको बजारीकरणसागै सहारा नेपाल साकोसको सवै शाखाबाट सदस्यहरुले किन्न चाहेमा सेवा केन्द्रबाटै किन्न सक्ने बताए । यसको लागि सहारा सदस्यले पााच लाख पर्ने टेम्पोका लागि अग्रिम एक लाख बुझाएमा बााकी चार लाख फाइनान्स सुविधा दिने बताए । पहाडमा पनि यसको तान क्षमता राम्रो भएकाले इलाम जिल्लामा पनि यसको माग आएको गिरीले बताए । सहारा अटो मोवाइल्सले विर्तामोड र दमकमा आफ्नो सो रुप स्थापना गरी टेम्पोको विक्री–वितरण पनि शुरु गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)