Aamsanchar

विपाशालाई ‘मिस पूर्व आइकन’ को उपाधि

Author Image
बुधवार, भदौ १५, २०७३

bipasa

बिर्तामोड ।
बालाजी ज्वेलर्स मिस पूर्व आइकन २०१६ को उपाधि झापा दमककी विपासा बज्राचार्यले हात पारेकी छिन् । पोजेटिभ मिडिया इभेन्टद्वारा आयोजित उक्त प्रतियोगिताको सोमबार राति सम्पन्न फाइनल प्रतियोगितामा १८ जना प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । उपाधिसागै बज्राचार्यले भेस्पा स्कुटर पुरस्कारको रुपमा प्राप्त गरिन् ।
त्यसैगरी प्रतियोगिताको फष्ट रनरअप झापा बिर्तामोडकी रिया खरेल घोषित भइन् । उपाधिसागै उनले नगद ५० हजार पुरस्कार प्राप्त गरिन् । त्यस्तैगरी सेकेण्ड रनरअप झापा बिर्तामोडकी असिमा दुतराज घोषित भइन् । उनले उपाधिसागै नगद ३० हजार रुपैयाा हात प्राप्त गरिन् ।
त्यस्तै प्रतियोगितामा मिस ट्यालेन्ट रञ्जना अधिकारी, मिस फोटोजेनिक निसा श्रेष्ठ, मिस बेष्ट वाक विपासा बज्राचार्य, मिस पर्सनालिटी सुष्मिता बस्नेत, मिस हेल्दी स्किन समिता भण्डारी, मिस कञ्जुमालिटी दिपिका कट्टेल, मिस बेष्ट बडी मनिसा तामाङ, मिस पपुलारिटी सोयाश्री बज्राचार्य, बेष्ट ड्रेस देवयानी खड्का, मिस चार्मिङ पुष्पा चौहान घोषित भएको कार्यक्रम संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा १९ जना प्रतियोगीहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायकहरुमा पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी, नायिका रिमा विश्वकर्मा, सञ्चिता लुइटेल, मोडल दिपक घिमिरे, मिस टिन नेपाल २०१४ ऋतिका खरेल, एकखुट्टे डान्सर निलम ढुंगाना लगायत रहेको पोजेटिम मिडिया इभेन्टका म्यानेजिङ डाइरेक्टर गोपाल पोखरेलले बताए ।

6
प्रतियोगिताका बिजेताहरुलाई पूर्व सामान्य प्रशासन मन्त्री लालबहादुर पण्डित, झापाका सहायक प्रमुख जिल्ला अधिकारी, डम्बरुबल्लभ निरौला, व्यवसायी आदित्य पराजुली, बालाजी ज्वेलर्सका सञ्चालक रोनक वंशल राजुजंग कन्दङवा, बलदेव गोम्देन, स्वेता इन्टरनेशनलकी प्रबन्ध निर्देशक स्वेता थापा लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको कोरियोग्राफर रोमी खड्गीले गरेकी थिइन् । गायक सुगम पोखरेल लगायतले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन मोडल तथा भिजे सुशिल नेपालले गरेको समिर मोदी बताए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर