Aamsanchar

माइक्रोम्याक्स मोबाइल नेपाली ग्राहकहरुको उत्कृष्ट रोजाई

Author Image
बुधवार, भदौ १५, २०७३

बिर्तामोड।

14159237_1418549451505407_678134751_n

झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका वक्ताहरुले माइक्रोम्याक्स मोबाइल नेपाली ग्राहकहरुको उत्कृष्ट रोजाई बनेको बताएका छन् ।

नेपालका लागि माइक्रोम्याक्स मोबाइलको आधिकारिक वितरक पशुपति ट्रेड लिंक प्रालिले बिर्तामोडमा सोमबार आयोजना गरेको रिटेल मिट कार्यक्रममा सहभागी वक्ताले यस्तो बताएका हुन् ।  कार्यक्रममा माइक्रोम्याक्सका नेशनल सेल्स म्यानेजर भुपाल क्षेत्रीले नेपाली ग्राहकका लागि माइक्रोम्याक्स मोबाइल उत्कृष्ट रोजाई बनेको बताए । उनले भने– ‘हामी दिन प्रतिदिन बिक्री तथा सेवामा ध्यान दिंदै अगाडि बढिरहेका छौं ।’
कार्यक्रममा माइक्रोम्याक्सको आउन लागेका उत्पादनहरु तथा अहिले बजारमा भएका मोडलहरुको बारेमा माइक्रोम्याक्स सर्भिस प्रमुख सन्जिव पौडेल, मार्केटिङ म्यानेजर सुमित शर्मा, एरिया सेल्स म्यानेजर राजेन्द्र ढुंगाना लगायतले जानकारी दिएका थिए ।

कार्यक्रममा रिटेल मिटको अवसर पारेर कम्पनीले पाँच प्रमुख रिटेलरहरुलाई उत्कृष्ट रिटेलरको रुपमा सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा सुवास अडियो भिडियो फिदिम, इलाम मोबाइल जोन इलाम, मोहित इम्पेक्स धुलाबारी, शिवशक्ति स्टोर्स बिर्तामोड र प्रियंका मोबाइल भद्रपुर रहेका छन् ।
त्यसैगरी कार्यक्रममा मेचीका लागि आधिकारिक बिक्रेता बिर्तामोडस्थित ग्रिसा इन्टरप्राइजेजका सञ्चालक पोषण खतिवडा र पवन खतिवडालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बिर्तामोडस्थित नृत्य पाठशालाका कलाकारहरुले नृत्य प्रस्तुत गरेको अजय चौधरीले जानकारी दिए ।
कार्यक्रममा मेची अञ्चल भरीका एक सयभन्दा बढी रि टेलरहरुको सहाभागिता रहेको पवन खतिवडाले जानकारी दिए । कार्यक्रमको सञ्चालन कम्पनीका सेल्स म्यानेजर रुबिन घलेले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 215

प्रतिक्रिया (०)