Aamsanchar

बुद्धिष्ट मञ्चका अध्यक्ष र महासचिव पक्राउ

Author Image
बुधवार, भदौ १५, २०७३

काठमाडौँ  ।

गैरसरकारी संस्थाको आवरणमा ठगी गर्ने दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

विसं २०७० मा शान्ति, समृद्धि र समानताको नारा लिई स्थापना भएको बुद्धिष्ट जनाधिकार मञ्च, नेपाल नामको गैरसरकारी संस्थाका अध्यक्ष बूढानिलकण्ठ नगरपालिकका सकुन शेरचन्द र सो संस्थाका महासचिव अमरकान्त चौधरीलाई पक्राउ गरिएको हो ।

राहत तथा सहयोगका नाममा अमेरिकाको गो फन्ड मि, मलेसियाको शाक्यमुनि फाउन्डेसन र दुबईको मेकान्नी जस्ता संस्था तथा सयौँ मानिसबाट राहत स्वरुप पटक÷पटक गरी रु तीन करोड १७ लाख ४६ हजार ५०१ संस्थाको बैंक खातामा जम्मा भएपछि सो रकम उनीहरुले दुरुपयोग गरेका थिए ।

प्राप्त रकममध्ये रु एक करोड ६७ लाख ७८ हजार ५०० भूकम्पपीडितलाई राहत वितरण गरेको देखाइ ठगी गरेको भन्ने ब्यहोराको निवेदन सो संस्थाका पूर्व पदाधिकारीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दिएकाले सो सम्बन्धमा अनुसन्धान गर्न उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर