Aamsanchar

उपचार नपाउँदा गर्भवतीको मृत्यु

Author Image
बिहिवार, भदौ १६, २०७३

pregnency-period

जाजरकोट ।

सुत्केरी व्यथा लागेको लामो समय बितेपनि उपचार नपाएर एक युवतीको मृत्यु भएको छ ।

जिल्लाको पजारु–३ की २१ वर्षीया रमिता बुढाको बच्चा जन्माउन नसक्दा ज्यान गएको हो । उपचारका लागि मोर्कबजार ल्याउँदै गर्दा गएराति बीचबाटोमै उनको ज्यान गएको हो । मृतक रमिता वागेश्वरी निमावि पजारुमा कक्षा ११ मा अध्ययनरत थिइन् ।

Views: 141

प्रतिक्रिया (०)