Aamsanchar

वर्कर्स पार्टीले सशस्त्र भूमिगत गतिविधि त्याग्यो

Author Image
बिहिवार, भदौ १६, २०७३

karat_news_4555

 

काँकडभिट्टा (झापा)।

पूर्वी नेपालमा एक दशकदेखि भूमिगत सङ्घर्ष गर्दै आएको किरात जनवादी वर्कर्स पार्टीले सशस्त्र तथा भूमिगत राजनीति परित्याग गरेको घोषणा गरेको छ ।

झापाको विर्तामोडमा आज सम्पन्न पार्टीको तीन दिवसीय राष्ट्रिय भेलाले सशस्त्र सङ्घर्षको नीति परित्याग गर्दै शान्तिपूर्ण राजनीतिमा लाग्ने निर्णय गरेको हो ।

भेलापछि आजै पार्टीका अध्यक्ष अनन्त क्रान्तिले एक विज्ञप्ति जारी गरी सम्पूर्ण नेता तथा कार्यकर्तालाई शान्तिपूर्ण राजनीतिमा सक्रिय रहन निर्देशन दिनुभएको छ ।

भेलाले अनन्त क्रान्ति अध्यक्ष र हिमाल किराती महासचिव रहेको ५१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ ।

पूर्वमा छुट्टै किरात प्रदेशको माग गर्दै आएको वर्कर्स पार्टीको स्थापना २०६३ सालमा भएको थियो । पूर्वी पहाडमा भूमिगत सङ्गठन चलाउँदै आएको वर्कर्स पार्टीले विगत तीन वर्षदेखि नेपाल सरकारसँग शान्ति वार्तामा संलग्न भए यता सशस्त्र गतिविधि गरेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर