Aamsanchar

 तूफानबाट १७ बेपत्ता

Author Image
बिहिवार, भदौ १६, २०७३

tufan

 

टोक्यो ।

उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् ।

यस लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने व्यक्तिको सङ्ख्या १७ पुगेको अधिकारीहरुले बताएका छन् ।

एवाइजुमी सहरमा तूफानको कारण उठेको नदीको स्तर र हिलो माटोमा परी १० व्यक्तिको मृृत्यु भएको छ । मारिएका ती दश व्यक्तिमा नौ जना बृद्ध आश्रममा बस्ने व्यक्तिहरु रहेका छन् । इवेटे प्रान्तको कुजी सहरमा एक महिलाको शव फेला परेको छ ।

लायनरकको कारण १७ व्यक्ति बेपत्ता भएका सो सहरका अधिकारी यसुयुकी इजहिगुरोले एएफपी समाचार समिलिलाई बताउनुभएको छ ।

सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पु¥याएको भन्दै उद्वारगरी अन्यत्रै सारिएको बुधबार नै बताइएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर