Aamsanchar

सिंहदरबारभित्र तास खेल्ने गरेको खुलासा

Author Image
बिहिवार, भदौ १६, २०७३

काठमाडौँ,

juwa-ko-khal

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार कार्यालय समयमै कर्मचारी तास खेल्दाखेल्दै भेटिएका छन्।
अर्थमन्त्रालयको अगाडि अनुगमन तथा मूल्याङ्कन महाशाखाको सूचना अधिकारी कक्षमा कर्मचारी तास खेल्दै गरेको अवस्थामा भेटिएका हुन् ।

 

मन्त्रालयका कर्मचारीले तास खेलिराखेको ठाउँमा दर्शक भने प्रहरी समेत देखिए । अन्नपूर्णकर्मीले तस्बिर र भिडियो खिच्न सुरुगरेपछि एक कर्मचारीले भने, ‘खिचेर केही हुँदैन खिचखिच, अस्ती पनि खिचेको हो, के भयो र ?’ एक कर्मचारीले यसरी बोले पनि भिडियो कैद भएपछि कर्मचारी तास खेल्न छोडेर सूचना अधिकारीको कक्षबाट बाहिरिए ।
अर्थमन्त्रालयको एक कार्यक्रममा सहभागी हुन सिंहदरबार पुगेका अन्नपूर्णका फोटो पत्रकार दिनेशविक्रम शाहको क्यामेरामा कैद भएको सरकारी कर्मचारीले कार्यकक्षमै तास खेलेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर