Aamsanchar

कारागारको शौचालयमा झुण्डिएर आत्महत्या

Author Image
बिहिवार, भदौ १६, २०७३

इलामः

Hyanging-57c7ad7373dcf2.88179641

जिल्ला कारागार इलाममा कैद रहेका एक कैदीले आत्महत्या गरेका छन् । चौविसै घण्टा सुरक्षा घेरामा रहने कारागारमा कैद भुक्तान गरिरहेका इलाम नगरपालिका चार गोलाखर्कका ४२ वर्षका राजकुमार खातीले जेलका शौचालयमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

खाती चोरीको अभियागका चार वर्षअघि जेल परेका थिए । उनी ७६ सालको साउनमा जेलमुक्त हुने थिए । घटनाका बारेमा जेल प्रशासनले भने कुनै जानकारी दिएको छैन । घटनाका बारेमा अनुसन्धान भइरहेको र अहिले विवरण केही आउन नसकेको जेलर सिर्जना लुईटेलले बताइन् ।

जेलमा सुरक्षा व्यवस्था कडा हुने भएपनि खातीले शौचालयको रडमा डोरी लगाएर झुण्डिएको अवस्थामा पाइएको लुईटेलले बताइन् । खातीलाई बिहान ६ बजे शौचालयमा मृत अवस्थामा फेला पारिएको थियो ।

खाती रातिको समयमा शौच गएको भएपनि कति बेला गएका थिए भन्ने खुलेको छैन् । जेलभित्र डोरी तथा कुनै किसिमका हतियार पनि लैजान पाइँदैन तर, खातीलाई डोरीमा झुण्डिएको अवस्थामा फेला पारिएपछि प्रशासनको लापरबाहीले यो घटना घटेको केहीले आरोप लगाएका छन् ।

नेपालकै नमुना कारागारको रुपमा चर्चा गर्ने गरिएको इलाम कारागारमा २० जना कैदि बन्दीले एउटा शौचालय प्रयोग गरिरहेका छन् । एक सय जना पुरुष र २५ जना महिलाको क्षमता रहेता पनि हाल कारागारमा दुई ६७ जना कैदि रहेको जेलर लुइटेलले जानकारी दिईन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)