Aamsanchar

महिलाले लगाउने तयारी पोशाक बरामद

Author Image
शुक्रवार, भदौ १७, २०७३

clothes-300x214बिर्तामोड।
भन्सार छलेर नेपाल भित्र्याइदै गरेको एक लाख मूल्य बरावरको सामान इलाका प्रहरी कार्यालय बिर्तामोड झापाले पूर्व पश्चिम राजमार्ग अन्र्तगत झापाको वुट्टाबारीबाट पक्राउ गरेको छ ।
प्रहरीका अनुसार थान कपडा, महिलाले लगाउने तयारी पोशाक, बच्चाको कपडा, कोटको कपडा बरामद गरिएको हो । वरामद गरिएको सामग्री मेची भन्सार कार्यालय कााकरभिट्टा बुझाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक मधु थापाले बताउनुभयो ।
यस अघि प्रहरीले झण्डै १५ दिनको अवधिमा विभिन्न स्थानबाट दश लाख मूल्य वरावरको साम्रगी बरामद गरी मेची भन्सार कार्यालय कााकरभिट्टा वुझाएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर