Aamsanchar

कनकाई उद्योग वाणिज्य संघको चुनाव निष्पक्ष

Author Image
शुक्रवार, भदौ १७, २०७३

kumarmani ko team
बिर्तामोड ।
कनकाई उद्योग वाणिज्य संघ सुरुङ्गामा देखिएको विवाद समाधान भएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा विहीवार भएको छलफलबाट समस्याको समाधान भएको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलसहित संघको पुरानो कार्य समिति, निर्वाचन समिति र उजुरी कर्ताबीच भएको छmफलबाट विवाद टुङ्गिएको हो । छलफबाट चुनावमा केही प्राविधिक त्रुटि भएपनि स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको निष्कर्ष निकालेको बताइएको छ ।
यता प्रमुख जिल्ला अधिकारी भुजेलले चुनाव शान्तिपूर्ण र निष्पक्ष सम्पन्न भएको बताउदै केही प्राविधिक कमजोरी भएको र तीनलाई आगामी दिनमा सच्चाएर जान निर्देशन दिएका छन् ।
केही समय अघि भएको निर्वाचनबाट कुमारमणि पोखरेल सहितको टीम निर्वाचित भएको थियो ।
छलफलमा उजुरीकर्ताका तर्फबाट निर्वाचनमा अध्यक्ष पदका उपविजेता लीला चिमरिया सहित तुलसी विमली र सञ्जय गजुरेल लगायत सहभागी थिए । त्यस्तै पुरानो कार्य समितिबाट निर्वतमान अध्यक्ष युवराज संग्रौला, सहित सोमनाथ उप्रेती, मोतिखर ओझा लगायत र निर्वाचन समितिका भवानी मैनाली सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१