Aamsanchar

मौसमविद भन्छन् – आज पूर्वमा ठूलो पानी पर्छ

Author Image
शुक्रवार, भदौ १७, २०७३

काठमाडौं,

bagayo

पूर्वका एक दुई ठाउँमा शुक्रबार ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बंगलादेश आसपासमा बनेको न्यूनचापिय क्षेत्रको प्रभावले पूर्वी नेपालको एक दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार मध्य र पश्चिमी क्षेत्रमा भने दिउँसोपछि क्षणिक वर्षा हुनेछ । बंगलादेशमा बनेको न्यूनचापिय क्षेत्र कमजोर नभएसम्म नेपालको मौसम पूर्ण रुपमा नखुल्ने उहाँले बताउनुभयो । गएको २४ घण्टामा पोखरामा सबैभन्दा धेरै ८३ दशमलव ५ मिलिमिटर पानी परेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङमा ५८ मिलिमिटर र सिमरामा ५३ दशमलव ५ मिलिमिटर पानी परेको छ । यसैबीच गएराति आएको बाढीले म्याग्दीमा ११ घर बगाएको छ । बेगखोलामा आएको बाढीले घर बगाउँदा ११ परिवार विस्थापित भएका छन् । एकजना वेपत्ता भएका छन् ।
बेनी–जोमसोम सडकखण्ड नजिकैको बेगखोला राति १ बजेतिर बाढी आएपछि ११ घरका ४९ जनाले भागेर ज्यान जोेगाएका हुन् । नागरिकता र अरु कागजपत्र लिन घर गएका ४५ वर्षका प्रसाद स्युठानीको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

बाढीले बेगखोलामै रहेको बेनी–जोमसोम सडकमा बनाइएको बेलिब्रिज र झोलुङ्गेपुल समेत बगाएको छ । विद्युत र संचार सेवा समेत अवरुद्ध छ । बाढीले घर बगाएपछि विस्थापित भएका ११ परिवार अहिले छिमेकीकोमा बसेका छन् । उनीहरुलाई खाली ठाउँमा राख्ने तयारी भएपनि खाली जग्गा नभेटिएको प्रहरीले जनाएको छ ।- उज्यालोबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१