Aamsanchar

नागार्जुनमा पनि बिजुली काटियो

Author Image
शुक्रवार, भदौ १७, २०७३

काठमाडौं,

nagarjundarver

विद्युत् बक्यौता रकम नतिरको भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्रको निवास नागार्जुन दरबारको बिजुलीको लाइन काटेको छ ।

बक्यौता रकम नतिर्नेको लाइन काट्दै आएको ऊर्जा मन्त्रालयले बिहीबार बेलुकी ५ बजे नागार्जुन दरबारको विद्युत् आपूर्ति बन्द गरेको हो । नारायणहिटी छोडेपछि पूर्वराजा ज्ञानेन्द्र २०६५ सालदेखि सरकारले उपलब्ध गराएको नागार्जुनमा बस्दै आए पनि भूकम्पपछि निर्मल निवासमा बस्दै आउनुभएको छ ।

नारायणहिटीको जस्तै नागार्जुनको बिजुलीको पैसा पनि सरकारले नै व्यहोर्नुपर्ने पूर्व राजाका सहयोगी फणिराज पाठकले बताउनुभयो । ‘नागार्जुन दरबार सरकारले नै उपलव्ध गराएको हो’ पाठकले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यसैले बिजुलीको बक्यौता तिर्ने दायित्व पनि सरकारकै हो ।’ नागार्जुनमा काटिएको लाइन छिटो जोड्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ ।

यसअघि सरकारले पूर्व मुमा बडामहारानी रत्न बस्ने नारायणहिटीको महिन्द्र मञ्जिलमा पनि बिजुलीको लाइन काटेर पछि जोडिदिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)