काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यता पेस गर्ने शिक्षक मोहम्मद रहमतुल्लाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
सप्तरीको मसिलाल जनता उमाविका शिक्षक रहमतुल्लाले राहत दरबन्दी शिक्षकमा नियुक्तिका लागि नक्कली शैक्षिक योग्यता र अध्यापन अनुमतिपत्र पेस गरेको आयोगको ठहर गरेको छ । छानबिनमा शिक्षक रहमतुल्लाको पेस गरेको प्रमाणपत्र नक्कली ठहरिएकाले सजाय माग दाबी गरी आयोगले आरोपपत्र दायर गरेको जनाइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 150