Aamsanchar

सन्थाली चलचित्र बनोदल असोजमा रिलिजहुने तयारीमा

Author Image
शनिवार, भदौ १८, २०७३

banodal

इस्पायर मिडिया प्रोडक्सन हाउस प्र.लि.चारपानेको व्यानरमा निर्माण हुदैगरेको सन्थाली चलचित्र बनोदल रिलिजहुनु अघीनै चर्चा पाउन थालेको छ । सन्थाली जातीको मौलिकता रहनसहन र परिर्वतित समयअनुकु सामाजिक रुपमा सन्थाल जातिमा आएको परिर्वतलाई चलचित्रमा उतारर्न लागेका हुन  लेखन तथा निर्देशक झापा चारपानेका किरण खतिवडाले । नेपालको झापा मोरङ,सुनसरीमा रहेका ५१ हजार सन्थालीहरु र भारतको डुम्का राज्यमा रहेका लाखौ सन्थालहरुलाई लक्षित गरि निर्माण गरिदै गरेको चलचित्रमा ४० लाख लगानी हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रका मुख्य पात्रहरु नायिका कविता मास्के, नायक सुनिल हस्ता र सांसद मोहन टुडु, देवान टुडु, राजन मास्के, निस्पेक्टर मुर्मु, बलाराम हेमरम रीता सोरेन, मीना टुडु लगायत को अभिनय रहेको छ ।विश्व फिल्म फेस्टिवलमा पनि समावेस गरिने लक्ष रहेको चलचित्रमा करिण खतिवडाले बहु पक्षीय काम गरेका छन जस अनुसार लेखन, निर्देशन, छायाँङकन, सम्पादन, अडियो मिक्सीङ, मार्केटिङ लगायतका धेरै कामको भूमिका निर्वाह गरेर नेपालमै चलचित्र निर्माणमा धेरै विधामा कामगर्ने व्यक्तिको रुपमा आफ्नो  परिचय पनि दिएका छन खतिवडाले। सब्द तस्वीर : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर