Aamsanchar

जयश्रीको सभा, अध्यक्षमा कन्दङवा सर्वसम्मत

Author Image
शनिवार, भदौ १८, २०७३

दुर्गापुर ।
कनकाई नगरपालिका–७ दुर्गापुरस्थित जयश्री कृषि सहकारी संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष लिलाबहादुर कन्दङवाको अध्यक्षता तथा झापा जिल्ला सहकारी संघको सचिव यूवराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष शम्भु प्रसाद पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
व्यवस्थापक जीवन श्रेष्ठद्वारा आ.व.२०७२/०७३ को आर्थिक प्रतिवेदन र २०७३/०७४ को लागि अनुमानित रु.१९४५५००।– बराबरको बजेट पेश भएको सो कार्यक्रममा अध्यक्षले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा समितीका संयोजक खड्ग बहादुर कार्कीले लेखा प्रतिवेदन पेश गर्नु भएको थियो ।
सो अवसरमा संस्थाका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्तामा सीता घिमिरे, उत्कृष्ट ऋणिमा राजकुमार राई, सामुदायिक विद्यालयबाट उत्कृष्ट अंकल्याई एस.एल.सी.पास गर्ने सुजन श्रेष्ठ र संस्थागत विद्यालयबाट उत्कृष्ट अंकल्याई एस.एल.सी. पास गर्ने सिर्जना लिम्बूलाई नगद पुरस्कार सहित प्रसंसा पत्रद्वारा सम्मान गरिएको थियो । दुर्गापुर सहकारी संस्थाका व्यवस्थापक विष्णु चुडाल, समर्पण बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष डिकि मगर, प्रल्हाद प्रसाद घिमिरे, चन्द्रमान कन्दङवाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमको बन्दसत्रले आगामी ३ बर्षे कार्यकालको लागि पुन: लिलाबहादुर कन्दङवाको अध्यक्षतामा ९ सदस्यीय समिती सर्वसम्मतले चयन गरेको छ । जस अनुसार उपाध्यक्षमा शम्भु प्रसाद पोखरेल, सदस्यहरुमा रमेश श्रेष्ठ, टेकबहादुर लिम्बू, खड्ग बहादुर कार्की, सुनिता नेपाली, इन्द्रहरी भट्टराई, सिता घिमिरे, सिता बस्नेत सर्वसम्मत चयन हुनु भएको छ । त्यसैगरी लेखा समिती संयोजकमा अमृत योङहाङ, सदस्यहरुमा राजेन्द्र सिटौला र चुडाराज पराजुली चयन हुनु भएको छ । क्षेत्र नं.४ का सभासद प्रेम बहादुर गिरीको समुपस्थितीमा नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समिती संयोजक चन्द्रमान कन्दङवाले गोपनीयताको सपथ गराउनु भएको जनकल्याण समाजको इ भिलेज सूचना केन्द्रका प्रवन्धक अमृत योङहाङले जानकरी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर