Aamsanchar

विकृति अन्त्य गर्न स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची जन्मियो

Author Image
आइतवार, भदौ १९, २०७३

prakash siwakoti

बिर्तामोड ।
स्वास्थ्य शिक्षाका क्षेत्रमा देखिएका विकृति विसंगतिविरुद्ध सशक्त अभियान सञ्चालन गर्ने लगायतका उद्देश्यस्थित स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेची स्थापना भएको छ ।
समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले शनिवार उक्त समाजको गठन गरेको हो । समाजको कार्य समिति र समाजले गर्ने कामहरु शनिवार नै बिर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी सार्वजनिक गरिएको छ ।
समाजको अध्यक्षमा प्रकाश शिवाकोटी रहेका छन् । उनी बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष लगायत विभिन्न संघ–संस्थामा समेत आवद्ध छन् । समाजले स्वास्थ्य र शिक्षा नागरिकको नैसर्गिक अधिकार हुादा यसको प्राप्तिका लागि आवश्यक अभियान सञ्चालन गर्ने, आर्थिक रुपमा विपन्न गरीब जनताको निम्ति पढ्न र उपचार गर्न सहज वातावरण बनाउन पहल गर्ने सो अवसरमा जानकारी दिइयो ।
त्यस्तै राज्यको पुनर्संरचनासागै स्वास्थ्य शिक्षाका पुनर्संरचना पनि विकेन्द्रीकरण गर्न अभियान सञ्चालन गर्ने, मेची अञ्चलमा कम्तीमा एउटा इञ्जिनियरिङ कलेज र एउटा मेडिकल कलेज सम्बन्धनका निम्ति आवश्यक दबाब, चेतनामूलक कार्यक्रम तथा विभिन्न अभियान सञ्चालन गर्ने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।
समाजको उपाध्यक्षमा प्रेम नेम्वाङ र चैतन्यप्रकाश मैनाली रहेका छन् । सचिवमा टीकाराम मंग्राती रहेका छन् भने सदस्यहरुमा महेन्द्र भट्टराई, एकराज गिरी, टीकाराम नेति, सन्तोष उप्रेती, देवीप्रसाद संग्रौला, लीला अनमोल, भोजबहादुर कार्की, बलदेव गोम्देन, लीला मैनाली र मदन बुढाथोकी रहेका छन् । ‘आज शिक्षा र स्वास्थ्यको क्षेत्रमा एकपटक जिम्मेवार नागरिककोतर्फबाट सोच्ने हो भने बर्षेनि अर्बौ धनराशी विदेशिएको छ, विदेश पुगेका नेपाली विद्यार्थी समेत मोटो रकम तिरेर पनि शिक्षाको अधिकारबाट बञ्चित छन्’– समाजका उपाध्यक्ष चैतन्यप्रकाश मैनालीले भने– ‘हामी यी तमाम समस्याको अन्त्यको निम्ति अगुवाई गर्न चाहन्छौं ।’
पत्रकार भेटघाटमा समाजलाई पूर्णता दिन सबै क्षेत्र र वर्गका नागरिकका प्रतिनिधि समेटिने तथा सल्लाहकार समिति समेत बनाइने जनाइएको छ । समाजले नागरिकको स्वास्थ्य र शिक्षासाग सरोकार राखेर सर्वसाधारण जनताको पहुाच ती क्षेत्रमा अभिबृद्धिका लागि खोज काम गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)

सम्बन्धित खबर