Aamsanchar

क्रिकेट विकास बोर्ड बनाउन आईसीसी तयार

Author Image
आइतवार, भदौ १९, २०७३

काठमाडौं ।cricket

नेपाल क्रिकेट संघको विवाद समाधानको लागि क्रिकेट विकास बोर्ड गठन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सहमत भएको छ ।

विवाद समाधानको प्रयास गर्न नेपाल आएको आईसीसीका प्रमख कार्यकारी अधिकृत डेभिड रिचार्डशनको टोलीले नेपाली पक्षसँग आज गरेको छलफलमा यस्तो सहमति भएको हो ।

छलफलमा नेपालको तर्फबाट युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाली, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टलगायत सहभागि थिए ।

लामो समयदेखिको विवाद समाधानको लागि हालको क्रिकेट संघ क्यानको संरचना खारेज गरी क्रिकेट विकास बोर्ड गठन गर्न खेलकुद परिषदले प्रस्ताव गरेको थियो ।

आईसीसी टोलीले यसमा सहमति जुटाउँदै तत्काल सल्लाहकार समूह बनाउने भएको छ । विवादरहित ५ देखि ७ सदस्य रहने यस समूहले बोर्ड गठनको लागि सल्लाहकार समितिको रुपमा काम गर्नेछ ।

बोर्ड गठन गर्ने नयाँ अवधारणप्रति सरकार र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सहमत भइसकेको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी गराए ।

यसअघि आईसीसीको प्रतिनिधिमण्डलले आजै बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेको थियो ।

Views: 179

प्रतिक्रिया (०)