Aamsanchar

जाजरकोटमा आगलागी, तीज मनाउन आएकी छोरीको मृत्यु

Author Image
आइतवार, भदौ १९, २०७३

जाजरकोट ।

Fire

जाजरकोट सदरमुकाम खलंगाको बसपार्कस्थित एक होटलमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोमा जलेर अन्य चार जना घाइते भएका छन् ।
संगीता होटलमा आगलागी हुँदा मानसिंह खत्रीकी छोरी संगीताको मृत्यु भएको हो । नायकवाडा २ कि १९ वर्षीया संगीता तीज मनाउन माइत आएकी थिइन् ।

आगोमा जलेर मानसिंह खत्रीसहित चार जना घाइते भएका छन् । घाइते हुनेहरूमा भेरीमालिका ४ का १८ वर्षीय गोकर्ण चन्द, कार्कीगाउँ ६ का ४३ वर्षीय मानसिंह खत्री,भेरीमालिका ४ का २३ वर्षीय प्रेम राना र सल्यान डाडागाउँ ६ घर भई प्रहरी चौकी गर्खाकोटमा कार्यरत प्रहरी जवान ३० वर्षीय रमेश चन्द रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु आगो निभाउने क्रममा घाइते भएका हुन् । घाइते चारैजनाको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था गम्भीर रहेकाले जिल्ला बाहिर लैजान आफन्तहरुले माग गरेका छन् ।

होटलको एक कोठामा पेट्रोल र डिजेल पनि राखिएकाले आगो अनियन्त्रित भएको थियो । तर, आगलागीको कारण एकिन हुन नसकेको जाजरकोट प्रहरीले जनाएको छ ।-अनलाईनखबर

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर