चार्डपर्व नजिकिएसंगै झापाका मुख्य बजारमा चोरी बढेको छ । त्यसमा पनि मोटरसाइकल चोरी हुने क्रम अधिक रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक खड्गवहादुर खत्रीले बताउनुभयो ।
बिर्तामोड नगरपालिका –१ निवासी मोहन सिटौलाको आइतवार मात्रै मोटरसाइकल चोरी भएको छ । कोल्डस्टोर नजिकै राखिएको मे ८ प १६४२ नम्वरको वुलेट मोटरसाइकल चोरी भएको हो । एक साता अघि मात्रै ४ लाख ५० हजार रुपैयाामा किनेको उक्त मोटरसाइकल आज विहान ४ बजे घरैबाट चोरी भएको निवेदन इलाका प्रहरी कार्यालय बिर्तामोडमा परेको छ प्रहरी निरीक्षक मधु थापाले भन्नुभयो ।
गत साउन ४ गतेबाट बिर्तामोड र सुरुङ्गा बजार क्षेत्रबाट मात्रै ११ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका मोटरसाइकल मध्ये ५ वटा पल्सर र दुई वटा वुलेट छन् । डेढ महिनाको अवधिमा ११ मोटरासाइकल चोरी भएपछि प्रहरीलाई खोजीकार्यमा अहिले मुख्य समस्या बनेको छ ।
प्रहरीले चोरीएका मोटरसाइकल मध्ये ३ वटा सवारी चेकजााचका क्रममा मोटरसाइकल फेला पारी सवारीधनीलाई जिम्मा लगाएको छ भने दुई वटा अनुसन्धानको क्रममा छन् प्रहरी नायव उपरीक्षक खत्रीले भन्नुभयो ।
विनोदकुमार सिंहको मे ५ प ७४३२ नम्वरको मोटरसाइकल बिर्तामोडस्थित अग्रसेन भवनबाट चोरी भएको थियो । उक्त मोटरसाइकल प्रहरीले फेला पारेर सवारी धनीलाई वुझाएको छ । त्यस्तै भद्रपुर निवासी ज्ञानवहादुर राईको वा ३२ प ६३६१ नम्वरको मोटरसाइकल चोरी भएको थियो । उक्त मोटरसाइकल पनि प्रहरीले फेला पारेर श्रेष्ठलाई जिम्मा लगाएको छ ।
यता जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले भदौ १२ गते बिर्तामोड –२ निवासी रामप्रसाद पाठकको मे २ प १३३८ नम्वरको मोटरसाइकल फेला पारी वुझाएको छ । उनको मोटरसाइकल दमकस्थित मालपोत कार्यालय अगाडिबाट दिउसै चोरिएको थियो ।
चोरी भएका मोटरसाइकल मध्ये गौरादह निवासी भरतकुमार प्रधानको र टीकाराम श्रेष्ठको पनि मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ । उनीहरुको मोटरसाइकल चोरी गर्ने गिरोहको खोजीकार्य भएरहेको बताइएको छ ।
मोटरसाइकलसंगै सार्वजनिक यातायातमा पकेट मार्ने क्रमपनि बढेको छ । चार्डपर्वको समयमा सार्वजनिक सवारीमा खचाखच हुादै यात्रा गर्नुपर्ने यात्रुको वाध्यतालाई फाइदा उठाउदै पकेटमारले यात्रुहरुको पकेट मार्ने गरेका छन् । कतिपय यात्रुको पर्स,मोवाइल, गहरगहना चोरिएपछि वेर्खची बनेर वाटैमा अलपत्र पर्ने गरेको झापाको चकचकी– ७ निवासी विमला ओलीले बताउनुभयो ।
गत विहीवार आफ्नो पनि बिर्तामोडबाट राजगढ जाने क्रममा पर्समा राखिएको मोवाइल र महत्पवूर्ण कागजात सहित पैसा चोरिएको उहााले बताउनुभयो । तीजले गर्दा राजगढ जाने गाडी खचाखच थियो ओलीले भन्नुभयो– म पनि गाडीमा ठेलमेल गर्दै चढे मेरो पर्स कस्ले तान्यो– तान्यो पत्तै भएन । साथीको मोवाइलबाट प्रहरीलाई तत्काल फोन गरेर जानकारी गराए तर अझैं चोरी गर्ने मानिस र मेरो चोरिएको पर्स र मोवाइल भेटिएको छैन ओलीले भन्नुभयो– त्यो दिन म बेर्खची भएर घर पुगे ।
सिटौला र ओली प्रतिनिधि पात्र मात्रै हुन । उनीहरु जास्ता धेरैको पछिल्लो डेढ महिनाको समयमा मोटरसाइकल, गहरगहना, पर्स मोवाइल चोरी भएको उजुरी प्रहरीकहाा पर्ने गरेको छ । प्रहरीले खोज तलास जारी राखेपनि एक दुई जनाको मात्रै चोरिएको सामान फेला पारेर पीडितलाई बुझाएको छ ।