Aamsanchar

पत्रकारको तलव कार्यान्वयन अनुगमन गर्न समिति

Author Image
सोमवार, भदौ २०, २०७३

काठमाडौँ  ।

सूचना तथा सञ्चार मन्त्रालयले सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार ऐन र न्युनतम पारिश्रमिक कार्यान्वयनको अनुगमन गर्न निर्देशन समिति र अनुगमन उपसमितिहरु गठन गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको मन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन गरिएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्षको संयोजकत्वमा गठित समितिको सदस्यमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष, मन्त्रालयका सहसचिव, सूचना विभागका महानिर्देशक, मिडिया सोसाइटी नेपालका अध्यक्ष, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका अध्यक्ष र सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर