Aamsanchar

फास्ट–ट्रयाक भारतलाई बनाउन दिनु हुँदैन

Author Image
सोमवार, भदौ २०, २०७३

काठमाडौ:

madav-kumar-1

पूर्वप्रधानमनत्री एवम् एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्माणाधिन फाष्ट–ट्रयाक नेपाल आफैले बनाउनु पर्ने बताएका छन् । उनले नेपाल बाहेक अरुलाई दिदा त्यसले देशको हित नगर्ने भएकोले स्वदेश्ी पूँजी मा नै यो निर्माण गर्नुपर्नेमा जोड दिए ।

नेपाल निवास कोटेश्वरमा अन्नपूर्णसँग कुराकानी गर्दै उनले यो निर्माणमा विदेशीलाई दिन ठूलो चलखेल भएको बताए । नेपालले यो निर्माण गर्ने जिम्मा विदेशी कम्पनीलाई दिनमा नेपाली कांग्रेस र केही कर्मचारी (ब्युरोक्रेसी) लागेको समेत आरोप लगाए।

‘फाष्ट–ट्रयाक बनाउने निर्णय, शिलान्यास गर्ने काम म प्रधानमनत्री भएको बेला गरेको हुँ।  त्यहि बेला यसको अन्तराष्ट्रिय टेण्डर दिएर यसको डिपिआर तयार गर्ने काम थालियो । तर, सरकार परिवर्तन भएपछि यो काम अगाडि बढन सकेन । सुशील कोइरालको नेतृत्वको सरकारले पछि जुन शर्तमा जुन कम्पनीलाई दिन खोजियो त्यो पुरै देशको अहितामा थियो,’ नेपालले भने।

नेपालले भने ‘त्यसमा देशलाई नै ध्वास्त पार्ने अकुत भ्रष्टचारका योजना थिए । सुरुदेखी नै मैले त्यसको विरोध गरेँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर