

प्रधानमन्त्रीको लाइनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टोपी नलगाएको तस्बिर कमै देखिन्छ । उहाँले जुँगा पालेको पनि धेरैले देखेका छैनन् ।

दौरा सुरुवाल, कालो टोपी, दाह्रीजुँगा नभएको चिल्लो अनुहार । देउवालाई सम्झँदा धेरैको आँखामा यस्तै दृश्य आउँछ । तर भर्खर बिहे गरेको बेला देउवा अर्कै देखिनुहुन्थ्यो । पत्रकार किशोर श्रेष्ठले आफ्नो फेसबुक पेजमा देउवाको पुरानो तस्बिर राख्नुभएको छ ।

उहाँका अनुसार श्रीमती आरजु राणा सँगै रहेको यो तस्बिर देउवाको भर्खर बिहे गरेको बेलाको हो । यो तस्बिर कसले खिचेको हो भन्ने आफूलाई थाहा नभएको, तर आफूसँग पहिलेदेखि नै तस्बिर सुरक्षित रहेको श्रेष्ठले जानकारी दिनुभयो ।


Views: 173

