Aamsanchar

प्रस्तावित सवारी दुर्घटनारहित राष्ट्रिय दिवसको औचित्य

Author Image
मङ्गलवार, भदौ २१, २०७३

Rajkumar  pokhrel
[राजकुमार पोखरेल]

नेपालमा सवारी दुर्घटनाबाट जीवन गुमाउने र अङ्ग भङ्ग भएर कष्टकर जीवन जीउन बाध्य मानिसहरुको संख्या दिनदिनै बढिरहेको आभास जो कोहिले गरिरहेका छौं । एकैपटक र एकैठाउामा दर्जौनांै मानिसहरु सवारी दुर्घटनाबाट हताहत हुनु र यस्तोक्रम छिटो–छिटो हुनुले सबैलाई अचम्मित बनाएको छ । ठक्कर दिएर पैदल यात्री, साईकल चालक र मोटरसाईकलचालकको इहलीला समाप्त हुनेक्रम त दैनिक नै छ । दुई सवारीसाधनहरु आपसमा जुधेर केही संख्यामा मानिसहरुको मृत्यु पनि भइरहन्छ तर दर्जौनौंको ज्यान लिनेगरी हुने सवारीसाधनको दुर्घटनाको संख्या बढ्न थालेपछि धेरै नेपालीको मनमा गहिरो चोट र चिन्ता पसेको छ । यही चोट र चिन्तालाई भने बिर्तामोड झापाका अगुवाहरु गोपालकुमार बस्नेत र मदन गोपाल सुब्बाले चिन्तनको रुपमा ग्रहण गर्नुभयो । बीरता जेसीजको सहयोगमा छोटो समयमा सरोकारवाला र सामाजिक अगुवाहरुको एउटा भेला मिति २०७३ भदौ १४ गतेका दिन बिर्तामोड उद्योग बाणिज्य संघको कार्यकक्षमा गरियो । भेलाका सहभागीहरुले आ–आफ्ना अनुभवहरु मौखिक रुपमा राख्नुभयो । आ–आफ्नो क्षेत्र र सरोकारलाई प्राथमिकतामा राखेर सहभागीहरुले बिचार प्रस्तुत गर्नु भएको थियो । जसबाट सवारी दुर्घटनाको प्राय: सबै पाटाहरु छर्लङ्गिएर आए । आममानिसले अनुमान लगाउन नसकिने पाटाहरु पनि आए । भेलाले सवारीसाधनबाट हुने दुर्घटनाका दर्जनांै कारणहरु रहेको ठहर गर्‍यो । कति समस्या तुरुन्त समाधान गर्न सकिनेखालका त कति राज्यको आर्थिक क्षमतासाग र कति सरकारको कार्यान्वयन क्षमतासाग गाासिएको पाइयो । त्यसैले सवारी दुर्घटना न्यूनीकरण गर्न अल्पकालिन र दीर्घकालिन समाधानको बाटोहरु अवलम्वन गर्ने सोच बनायो भेलाले ।
चेतनाको अभावको कारणले धेरै दुर्घटना हुने गरेको सोचाईबाट थालिएको चिन्तनलाई भेलाले अन्य पाटो पनि उत्तिकै जिम्मेवार रहेको उजागर गर्‍यो । आम सर्वसाधारणको क्षेत्रबाट गरिने मुख्य भूमिका भनेको नै चेतना फैलाउनु नै हो । साथसाथै अरु कारणहरुलाई सम्बन्धित निकायहरुलाई जानकारी गराउनु हो । कार्यान्वयनका लागि दबाव सिर्जना गर्नु र सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सधैं लागीपरिरहनु पर्ने आवश्यकता भेलाले महसुश गर्‍यो । हरेक बर्ष सवारी दुर्घटना न्यूनीकरण दिवस मनाएर दुर्घटना बिरुद्ध चेतना फैलाउनुका साथै दुर्घटना न्यूनीकरणका लागि कारणहरुको तालिका नै बनाएर काम गर्न दीर्घकालिन कार्ययोजना बनाएर लागीपर्न एउटा समितिको आवश्यकता महसुश गरी गोपालकुमार बस्नेतलाई संयोजक तोकिएको छ । संयोजकले यही भदौ २२ गते हुने भेलामा समितिलाई पूर्णता दिनुहुनेछ । भेलाले दीर्घकालिन कामको लागि कस्तो प्रकारको समिति बनाउने भन्नेबारे र ‘सवारी दुर्घटना न्यूनीकरण दिवस’ कहिले र कसरी मनाउने भन्ने निर्णय पनि गर्नेछ । भेलाको एक सहभागीको हैसियतले आफ्नो बिचार राख्नेक्रममा मैले सबै समस्याहरु लिखित रुपमा आए सजिलो हुने मत राखेको थिएा । भेलामा उपस्थितहरुको बिचारलाई मात्र पूर्ण र अन्तिम ठान्न सकिने कुरै भएन । यसैले सबै तह र तप्काबाट आ–आफ्ना विचार, मत, सुझाव समितिलाई पुग्ने बिश्वास भेलाले लिएको छ । कुनै व्यक्ति विशेष, संघ–संस्था वा पार्टी विशेषको मात्र नभएर आमनेपालीहरुको चासोको बिषय हो सवारी दुर्घटना र त्यसले पुर्‍याइरहेको क्षति । त्यसैले यो पहिलो चरणको सार्वजनिकीकरण हो भन्दा फरक नपर्ला । बिस्तृत कुरा पछि समितिले प्रष्ट पार्ने नै छ । अहिलेको समिति तदर्थ मात्र हुने भएकोले सरोकारवालाहरु पछि सबै समिटने विश्वास गरौं ।
आर्थिक बर्ष २०४६/२०४७ सम्म नेपालमा ७६,३७८ सवारीसाधन मात्र दर्तामा रहेको देखिन्छ । सवारीसाधन दर्ता १० लाख पुग्न करीब २० बर्ष (आर्थिक बर्ष २०६६/०६७ सम्म ) लागेको दर्ता किताबले देखाउाछ । तर, त्यही संख्या दोब्बर हुन अर्थात् २० लाख सवारी साधन दर्ता हुन भने पााच बर्ष मात्र लागेको तथ्याङ्कले देखाउाछ । अर्थात् २०७१/२०७२ सम्म नेपालमा करीब २० लाख सवारीसाधन दर्ता भएको देखिन्छ । पााच बर्षमा १० लाख सवारीसाधन बढ्नु भनेको बर्षको सरदर दुई लाख सवारीसाधनहरु बढीरहेको छन् । सवारीसाधन बढेको अनुपातमा एक छेउ पनि नयाा बाटो बनेका छैनन् । नयाा बनेका धेरैजसो बाटाहरुलाई बाटो भन्न मिल्दैन । बाटो बनाउन खोलिएको ट्रयाकलाई नै बाटो ठानेर सवारीसाधनहरु चल्ने गरेका छन् । साविक बाटाहरु मर्मत सम्भारको अभावले भरपर्दा छैनन् । लामो समयसम्म रहेको राजनीतिक अन्यौलताको कारणले हुने अस्थिर सरकारको कारणले वा के ले हो बाटोको दुर्दशा एकातिर देखिन्छ भने यसैलाई मौकाको रुपमा ग्रहण गर्नाले सवारीसाधन आयात बिना योजनाको देखिन्छ । जनसंख्याको चापबाट बच्न बच्चा जन्माउन पनि सरकारको अनुमति चाहिने अहिलेको विश्वमा बाटाहरु नबनाई सवारीसाधन मात्र भित्र्याउनुलाई अदुरदर्शिताको पराकाष्ठा भन्न मिल्ला कि ?
सवारी दुर्घटनाको पहिलो सम्बन्ध बाटो र सवारीसाधनसाग हुन्छ । बाटो कति छ ? कस्ता–कस्ता बाटा छन् ? कस्ता बाटोमा कस्ता र कसरी सवारी साधनहरु गुड्न मिल्दछ ? नेपालको पहाडी सडकको लागि कस्ता र तराईका लागि कस्ता सवारीसाधन उपयुक्त हुन्छ ? घरको नक्सा बनाउन नगरपालिकामा इञ्जिनियर सुचिकृत हुनुपर्ने ? कुन रुटको लागि कुन सवारीसाधन उपयुक्त हुन्छ भनेर सूचिकृत हुनु किन नपर्ने ? यी यस्ता बिषयलाई स्थापित र नियमन गर्न खबरदारी गर्ने काम यस्ता दिवसले सहयोग पुर्‍याउन सक्दछ । बाटो मर्मत र निर्माण आर्थिक क्षमताको बिषय होला तर सवारीसाधन आयातमा मापदण्ड निर्धारण गर्नका लागि नीति बनाउन त सकिन्छ । त्यस्तै यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई बढी जिम्मेवार बनाउन खोजिएको पनि देखिदैन । उनीहरुको क्षमता बिकास गरेर दण्ड र पुरस्कृत गर्ने परिपाटीको बिकास गरी यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मेवार बनाउन सके दुर्घटना न्यूनीकरणमा सहयोग पुग्नेछ । कानूनको पालना गरे पुरस्कृत र पालना नगरे दण्ड पाउने भएपछि दुबै निकाय र त्यसमा कार्यरत व्यक्ति दुबै जवाफदेही हुनेछन् । अस्वस्थ बजारले यातायात व्यवसायीहरु धरासायी बनेका छन् । असुरक्षित बाटाहरुले यातायात व्यवसायीको घरखेत गएको छ । यातायात व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने काम यातायात व्यवसायीहरुले शुरु गर्नुपर्दछ । यातायात व्यवसायलाई सुरक्षित बनाउने काम राजनीतिक दलहरु र सरकारले शुरु गर्नुपर्दछ । यातायात मजदुरहरुले आफूलाई मर्यादित बनाउन दक्षताको आधारमा जिम्मेवारी लिनु पर्दछ । दक्ष मजदुरलाई प्रोत्साहन र अदक्ष मजदुरलाई दक्ष बनाउने जिम्मेवारी मजदुर संगठनहरुको हो । अयोग्य साथीहरुलाई योग्यता प्राप्तका लागि प्रेरणा दिनु उपयुक्त हुन्छ तर अयोग्यको गल्ती कमजोरीलाई ढाकछोप हैन कि दण्डनीय बनाउन मजदुर नै लाग्नु पर्दछ । मजदुर एकता मजदुरको साथै समग्र नेपालीको हितमा हुनु पर्दछ । गल्ती कमी–कमजोरीलाई लुकाउन एकता देखाउनु हुन्न । दुर्घटनामा परेर अङ्ग–भङ्ग हुने र ज्यान गुमाउनेहरु हामी कसै न कसैसाग चिनजान नाता गाासिएकै आफन्तहरु नै हुन्छन् । त्यो भन्दा ठूलो मानवता हुन्छ । सडकलाई जथाभावी प्रयोग गर्ने पैदलयात्री र सडकसागै छिमेकी भएर बस्ने, पेसा व्यवसाय गर्ने आम सडकको उपभोक्ताहरु र सवारीयात्रीहरु पनि दुर्घटनाको जिम्मेवार पक्ष हुन् । आफ्नो ज्यान अर्काको हातमा सुम्पिएर ढुक्क हुने अज्ञानता पनि कम जिम्मेवार होईन । निजी सवारी साधन, मोटरसाईकल र अहिले आएको ई–रिक्सालाई पनि व्यवस्थित र सुरक्षित बनाउने दायित्व सम्बन्धितको साथै हामी सबैको हो ।
यी यस्ता धेरै कारणहरु छन् सवारी दुर्घटनाका । बिस्तृतमा उल्लेख गर्दा किताब नै बन्न पुग्दछ । मूल–मूल बिषयको प्रवेश मात्र गराउन खोजेको हो । जिम्मेवार पनि हामी सबै छौं भन्न खोजिएको हो तर एकअर्का माथि दोष थुपारेर पानीमाथिको ओभानो हुने काम गरिरहेका छौं । त्यसैले सवारी दुर्घटनारहित राष्ट्रिय दिवसको पहिलो उदेश्य भनेको सम्बन्धित सबैले आ–आफ्नो क्षेत्रबाट आफ्नो कमी–कमजोरी महसुश गरी सुधार गर्नुपर्‍यो भन्ने हो । अरुलाई सुध्री भन्ने होइन कि पहिले आफू सुध्रिन्छु अनि अरुलाई सुध्रिन प्रेरित गर्छु भन्ने हो । सवारी दुर्घटनाका लागि जिम्मेवार सबैको कमी–कमजोरीलाई अभिलेख गरेर निराकरणको पहिचान गरी अवलम्वन गर्ने र गराउने काममा सहयोग पुर्‍याउने यस दिवसको दोस्रो उदेश्य हो । यसैले सवारी दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाको कारणहरु र समाधानको उपायहरु लिखित रुपमा संयोजक र समितिलाई उपलब्ध गराउनु हामी सबैको दायित्व बन्दछ । झापा जिल्लाको यो शुरुवातलाई देशभरी पुर्‍याएर अकाल मृत्युवरण र अङ्ग–भङ्ग हुनबाट आफू पनि बााचौं र अरुलाई पनि बचाऔं । फेरि एकपटक झापा र झापालीले देशलाई गुण लगाउने अवसर पाएको छ । दुर्घटना न्यूनीकरणका लागि महाअभियान शुभारम्भ गर्न लागिएको छ । यो सम्भवत् आगामी असोज २ गतेका लागि यो काम गर्न प्रस्ताव गरिएको छ । मेचीबाट शुरु भएको यो अभियान महाकाली पुग्न सक्यो भने अभियान सार्थक मात्र होइन, मुलुक सवारी दुर्घटनामुक्त बन्न सक्छ । त्यसैले तेरो मेरो नभनिकन एकताबद्ध भएर, सहकार्य गरी ‘प्रस्तावित सवारी दुर्घटनारहित राष्ट्रिय दिवस २०७३’ लाई सफल पारौं ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर