Aamsanchar

८ सय ३२ महिला हराए

Author Image
मङ्गलवार, भदौ २१, २०७३
फायल फोटो

फायल फोटो

सुनसरी ।
मानव बेचबिखन तथा ओसार–पसारविरुद्धको दिवस मनाइरहादा पूर्वाञ्चलवाट गतवर्ष हराएका ८ सय ३२ महिलाको कहा छन् ? अत्तोपत्तो छैन । यो तथ्यांक पूर्वाञ्चलका १६ जिल्लास्थित प्रहरी कार्यालयमा आएका उजुरीको मात्र हो । हराएका महिलामध्ये कतिको उजुरी प्रहरीमा नआउने भएकाले हराउने महिलाको संख्या यो भन्दा बढी हुने अनुमान गर्न सकिन्छ । सो अवधिमा पूर्वाञ्चलबाट १ सय ८२ जना बालिका हराएकोमा ४२ जनामात्र भेटिएका छन् ।
गत आर्थिक वर्ष ०७२/०७३ मा पूर्वाञ्चलमा ९ सय ४२ जना महिला हराएको उजुरी प्रहरीमा आएको र ती मध्ये १ सय १० जनामात्र भेटिएको प्रहरीको रेकर्ड छ । यो तथ्यांक हेर्दा ८ सय ३२ जना महिला हराइरहेका छन् । २०७२ साउनदेखि २०७३ असार मसान्तसम्ममा पूर्वाञ्चलका १६ जिल्लामध्ये सबैभन्दा बढी मोरङबाट महिला हराएका छन् । मोरङबाट २ सय ३० जना महिला हराएको प्रहरीले जनाएको छ । यसैगरी झापाबाट १ सय ७० जना महिला हराएका छन् । पूर्वक्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरले दिएको तथ्यांक अनुसार उदयपुरबाट ८४, इलामबाट ७७, भोजपुरबाट ६९, संखुवासभावाट ५४ र सुनसरीवाट २७ जना महिला हराएका छन् ।
सो एक वर्षको अवधिमा हराएका मध्ये १ सय १० जनामात्र भेटिएको जानकारी आएको प्रहरीले जनाएको छ । यसैगरी गत साउनदेखि हालसम्ममा २१ जना महिला हराएको उजुरी प्रहरीमा आएपनि एक जना मात्र फेला परेका छन् । तीनजना बालबालिका हराइरहेका छन् । यसअधि आर्थिक वर्ष २०७१/०७२ मा ९ सय ९९ जना महिला हराएको उजुरी परेकोमा १ सय २८ जनामात्र महिला भेटिएका थिए ।
क्षेत्रीय प्रहरी कार्यालय रानी विराटनगरका सञ्चार सम्र्पक अधिकृत गंगाप्रसाद पौडेल हराएका भनेर उजुरी आउने, तर भेटिएको जानकारी नदिने हुादा पनि हराइरहेकाको संख्या धेरै देखिने गरेको बताउाछन् । उनका अनुसार हराएका महिलालाई दलालले भारत पुर्‍याउने गरेको पाइएको छ । माइती नेपाल क्षेत्रीय कार्यालय प्रमुख गोविन्द घिमिरे पनि धेरैजसो नेपाली महिलालाई दलालले भारतको यौन बजारमा पुर्‍याउने गरेको बताउाछन् । उनका अनुसार भारतीय सर्कस र घरेलु कामदारका रुपमा पनि हराएका महिला पुग्ने गरेका छन् ।
वर्षेनी मानवबेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाइन्छ । तर, अरु दिन यसविरुद्ध प्रभावकारी कार्य हुन नसक्दा महिला हराउनेक्रम बढदै गएको छ । यसवर्ष सोमबार मानव बेचविखन तथा ओसार–पसारविरुद्धको दशौं राष्ट्रिय दिवस ‘एउटै लक्ष्य एउटै सार मानव बेचविखनको अन्त्य हाम्रो साझा सरोकार’ भन्ने नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरेर मनाइएको छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न एघारौं सार्क शिखर सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचविखनविरुद्धको सार्क महासन्धीलाई नेपालले २०६३ भदौ २० गतेका दिन अनुमोदन गरेको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर