Aamsanchar

तीन बालकद्वारा सात वर्षीया बालिका बलात्कृत

Author Image
मङ्गलवार, भदौ २१, २०७३

राजविराज।

download

तीनजना बालक मिलेर एक सात वर्षीया बालिकाको सामूहिक बलात्कार गरेका छन् । बलात्कारको शिकार भएकी सात वर्षिया बालिका आफन्तजनकासाथ न्याय माग्न जिल्ला प्रहरी कार्यालय सप्तरीमा पुगेकी छिन् ।
गत १५ गते बाख्रा चराउन गएकी सप्तरीको बनैनियाँ–८ का एक सात वर्षिया बालिकालाई स्थानीय तीनजना मुस्लिम थरका बालकले सामुहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।

अभिभावकसहित जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेकी बालिकाको बेहोस अवस्थामा थिइन । त्यसपछि प्रहरीले बालिकालाई लहानमा लगेर चिकित्सकको जाँच गराएको थियो । पक्राउ परेका तीनैजनालाई ९० हजार रुपियाँ लिएर प्रहरी निरीक्षक सुर्यनारायण यादवले छाडिदिएको अभिभावकले आरोप लगाएका छन् ।
सो घटना तीन जना नवालक संलगन रहेको जानकारी दिदै प्रहरी उपरिक्षक ढकालले तिनीहरू उपर मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर