Aamsanchar

गिरफ्तार गरिएको रुख

Author Image
मङ्गलवार, भदौ २१, २०७३

खैबर।

tree1

अपराधको आरोपमा मानिस पक्राउ पर्नु स्वाभाविक हो । विश्वमा यदाकदा आपराधिक घटनाको आरोपमा जनावरलाई पनि पक्राउ गरिएको पाइन्छ । तर रुखलाई गिरफ्तार गरिएको घटना भने आफैंमा अनौठो हो ।

पाकिस्तानमा एउटा रुख बन्दी जीवन बिताइरहेको छ । झण्डै १२ दशकदेखि यो रुख बन्दी बनेको हो । खैबर एजेन्सीको लान्डी कोटल सैन्य शिविरमा रहेको यो रुखलाई फलामे साङ्लोले बाँधेर राखिएको छ ।

ब्रिटिश साम्राज्यकै समयमा यो रुखलाई एक सैनिक कमाण्डरले गिरफ्तार गराएका हुन् । समाचार एजेन्सीहरुका अनुसार मदिरापान गरेर आइरहेका ती ब्रिटिश सैनिक कमाण्डरले उक्त रुख आफूतिर आइरहेको महसुस गर्दै आफ्ना सैनिकलाई उक्त रुख गिरफ्तार गर्न आदेश दिएका थिए । त्यसपछि ब्रिटिश सैनिकको टोलीले उक्त रुखलाई गिरफ्तार गर्दै फलामे साङ्लोले बाँधेको हो ।
ब्रिटिश शासनबाट स्वतन्त्र भएको ७ दशक बित्दासमेत यो रुखलाई अझै मुक्त गराइएको छैन । पाकिस्तानी अधिकारीहरुका अनुसार यो रुखमा बाँधिएको फलामे साङ्लोले नै ब्रिटिश साम्राज्यमा हुने गरेको अत्याचार र दमनलाई प्रतिबिम्बित गर्दै आएको छ ।

यो रुखमा एउटा प्लेटमा अंग्रेजी भाषामा लेखिएको छ, ‘म गिरफ्तारमा छु ।’ अहिले यो रुख पाकिस्तानमा पर्यटकीय आकर्षणको केन्द्र बनिरहेको छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर