काठमाडौं ।

एकजना व्यापारीलाई धम्की दिएर जबरजस्ती रकम असुल्न खोजेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सघाएको आरोपमा एकजना इन्स्पेक्टर (प्रहरी निरीक्षक) पक्राउ परेका छन् ।

ललितपुर प्रहरी परिसरले गुप्तालाई रकम असुलीमा सघाएको अभियोगमा भैंसेपाटी प्रहरी प्रभागका इन्स्पेक्टर अनिल पण्डितलाई मंगलवार पक्राउ गरेको हो ।

व्यापारी तारा रेग्मीलाई धम्की दिएर ५० लाख रुपैयाँ असुली गर्न पूर्वमन्त्री गुप्तालाई सघाएको अभियोगमा पण्डित प्रहरी हिरासतमा परेका हुन् ।

Views: 77

