Aamsanchar

मान्छेको पिसाबबाट तरकारी उत्पादनमा वृद्धि

Author Image
मङ्गलवार, भदौ २१, २०७३

tarkari

सोलुखुम्बु ।

छेस्काम गाविसमा कृषकले तरकारी बालीमा मानव पिसाब प्रयोग गर्न थालेपछि उत्पादनमा वृद्धि भएको छ ।

छेस्काम गाविसका करिब ७०० घरधुरीमा एकवर्ष अघिदेखि इकोसान (पिसाब सङ्कलन गर्न मिल्ने) चर्पी प्रयोगमा ल्याइएपछि सङ्कलित पिसाब तरकारीबालीमा प्रयोग गर्न थालिएको हो ।

शौचालयबाट सिधैँ ड्रममा सङ्कलन भएको पिसाब काउली, बन्दा, मुला, गाजर, गाँठगोभी लगायतका तरकारीबालीमा प्रयोग गर्न थालिएको स्थानीय कृषक छेस्काम– ३ का चन्द्रबहादुर राईले जानकारी दिनुभयो ।

खुल्ला दिशामुक्त अभियान अन्तर्गत ‘जि’ फाउन्डेसनको सहयोगमा सो गाविसका सबै घरधुरीमा इकोसान चर्पी बनाइएको हो । त्यस्तो चर्पीबाट सङ्कलन भएको पिसाबलाई गाविसका करिब ५०० घरधुरीका बासिन्दाले मलको रुपमा प्रयोग गर्ने गरेको ‘जी’ फाउन्डेसनका कर्मचारी प्रशान्त विकले जानकारी दिनुभयो ।

सुरुका दिनमा पिसाव सङ्कलन गरी प्रयोग गर्न स्थानीयवासीले घिन मान्ने तथा पिसाब प्रयोग गरेको तरकारी खान हुँदैन भन्ने सोचाइ रहेको भए पनि अहिले धेरैजसोले प्रयोग गर्न थालेको विकले बताउनुभयो ।

पिसाबको प्रयोगबाट मलको आवश्यकता पूर्ति हुनाका साथै उत्पादनमा समेत वृद्धि भएको कृषक शङ्कर राईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर