Aamsanchar

घरमै बसी–बसी किसानका समस्या समाधान

Author Image
बुधवार, भदौ २२, २०७३

पथरी (मोरङ)।

kishan

मोबाइल सन्देस (एसएमएस)मार्फत आफ्ना गुनासाको सामाधान हुन थालेपछि मोरङका किसान गुनासा लिएर कृषि कार्यालय धाउनुुपर्ने झन्झटबाट मुक्त भएका छन् ।

जिल्ला कृषि विकास कार्यलय मोरङले मोबाइलको एसएमएस प्रविधिबाट किसानका कृषिसम्बन्धी गुुनासाका जवाफ दिन थालेपछि कृषि कार्यालय धाउने झन्झटबाट मुक्त भएका हुन् । जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुुख राजेन्द्र उप्रेतीका अनुसार कृषकले कृषिसम्बन्धी भोेग्नुु परेको समस्याको समाधानका लागि यसै हप्तादेखि एसएमएस सेवा सञ्चालनमा ल्याएको हो ।

घरैबाट जिल्ला कृषि कार्यालयले एसएमएस सेवा प्रदान गरिरहेको छ । कार्यालयसँग मोबायल नम्बरमार्फत जोडिएका सबै किसानले सेवा पाएका छन् । जिल्ला कृषि विकास कार्यालयले अहिले धानमा लागेको पहँेलो रोगको निराकरण तथा साना सिँचाइको सूचना एसएमएस गरेर किसानलाई पठाएको जनाएको छ । कार्यालयसँग ३५० किसानले यो सुुविधा पाइरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालय मोरङका कृषिप्रसार अधिकृत सत्यदेव मण्डलका अनुसार धान, मकै, गहँुु तथा दलहन, तेलहन बालीमा आएको समस्याका बारेमा कार्यालयमा जानकारी आएपछि गुुनासाको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा किसानलाई एसएमएस प्रविधिबाट जानकारी गराउन थालिएको हो ।

यसैगरी, सेवालाई प्रभावकारी बनाउन कार्यालयले ५० वटा मोबायल सेट वितरण गर्न लागेको जनाएको छ । आफ्नो मोबायलमा कृषकले सहजरुपले गुुनासाको जवाफ पाउने भन्ने उद्देश्यले कृषकको समूहलाई मोबायल प्रदान गर्न लागिएको कार्यालयको भनाइ छ ।

किसानको मोबायल नम्बर प्राप्त भएमा मोरङ जिल्लाका जुुनसुुकै किसानले पनि यो सेवा पाउने व्यवस्था मिलाइएको अधिकृत मण्डलको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर