Aamsanchar

प्रदेश नम्बर १ प्रमुख तथा पदाधिकारीलाई सम्मान

Author Image
बुधवार, भदौ २२, २०७३

उर्लाबारी (मोरङ) ।

umal-flag-e1424853493350

नेकपा (एमाले) मोरङले मङ्गलबार प्रदेश नम्बर १ का प्रमुख तथा पदाधिकारी सदस्यलाई सम्मान गरेको छ ।

विराटनगरस्थित नेकपा (एमाले) जिल्ला पार्टी कार्यालयमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख तथा एमालेका सचिव भीम आचार्य र उपप्रमुख तथा पोलिटब्यूरो सदस्य शेरधन राईलाई सम्मान गरेको छ ।

यसैगरी, सदस्यहरु विनोद ढकाल, रामकुमार बस्नेत, खेम नेपाली, चन्द्र गुरुङ, विनय यादव, गणेश केसी, राजेश सुब्बा, बलबहादुर केसी लगायतलाई पनि सम्मान गरियो । उहाँहरुलाई नेकपा ( एमाले)का नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी लगायतका नेताहरुले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख तथा नेकपा (एमाले)का सचिव भीम आचार्यले संविधान आइसकेको अवस्थामा संविधान कार्यान्वयन गर्न र देशलाई विकासको पथमा लैजान सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एमालेका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर