Aamsanchar

वी एण्ड सीको अनुमतिका लागि प्रधानमन्त्रीलाई दबाब

Author Image
बुधवार, भदौ २२, २०७३

bncबिर्तामोड।

बिर्तामोडस्थित बी एण्ड सी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरलाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गर्न विभिन्न क्षेत्रबाट प्रधानमन्त्री समक्ष दवाब दिन थालिएको छ ।
सरकारले तोकेको मापदण्ड पूरा गरी तीन सय शैय्याको अस्पताल समेत स्वीकृति लिई सञ्चालन गरिरहेको बी एण्ड सीलाई मेडिकल कलेजको रुपमा अनुमति प्रदान गर्न मेची अञ्चलका नागरिकका तर्फबाट स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज मेचीले प्रधानमन्त्री समक्ष सोमबार नै ज्ञापन बुझाएको थियो ।
त्यस्तै हस्पिटलको तर्फबाट कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले मंगलबार झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलमार्फत प्रधानमन्त्री समक्ष एमबीबीएस कार्यक्रम सञ्चालनका लागि अनुमतिको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ‘नियम अुनसार आफ्नो दायित्व पूरा गरेको यस संस्थालाई एमबीबीएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रदान गर्न शिक्षा मन्त्रालयबाट गर्नुपर्ने प्रारम्भिक निरीक्षण गरी सम्बन्धनका लागि काठमाडौं विश्वविद्यालयलाई तत्काल आवश्यक निर्देशन प्रदान गरिदिनुहुन प्रधानमन्त्री समक्ष निवेदन गर्दछौं’ – ज्ञापन पत्रमा भनिएको छ ।
जनता बैंक नेपालको अगुवाईमा सहवित्तीय कर्जा अन्तरगत डेढ अरब रुपैयाा कर्जासहित आफ्नै अरबौं लगानीमा बी एण्ड सी मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गरिएको स्मरण गराउादै सरकारको स्वीकृत मापदण्ड अनुसार आवश्यक जग्गा, भवनहरु, मेसिन उपकरण लगायत सबै भौतिक पूर्वाधार र आवश्यक मानवीय स्रोत साधनको प्रबन्ध बी एण्ड सीले गरिसकेको जनाइएको छ ।
सरकारले यसअघि गठन गरेको मेडिकल शिक्षा सम्बन्धी गिरी आयोगले झापामा मेडिकल कलेज तथा टिचिङ हस्पिटल स्थापना गुर्नपर्ने राय प्रतिवेदन दिएको र माथेमा आयोगबाट समेत मेचीमा मेडिकल कलेज तथा टिचिङ हस्पिटलको आवश्यकता औंलाइएकोले पनि मापदण्ड पूरा गरी बसेको बी एण्ड सीलाई अनुमति दिन भनिएको छ ।
मेडिकल शिक्षा अन्तर्गत एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले बी एण्ड सीले शिक्षा मन्त्रालयबाट २०६८ माघ २४मा मनोसाय पत्र प्राप्त गरी सो पत्रमा उल्लेखित शर्त बमोजिमका पूरा गर्नुपर्ने सबै शर्त पूरा गरी तोकिएको सीमाभित्रै विगत तीन वर्षदेखि अस्पताल सञ्चालनमा ल्याइएको बी एण्ड सीले जनाएको छ । ‘मेची अञ्चलमा एउटा पनि मेडिकल कलेज नभएको, यहााको २६ लाख जनसंख्याले देशभित्रै स्वास्थ्य उपचार गराउन सुविधा सम्पन्न र गुणस्तरीय अस्पताल अभावमा दैनिक लाखौं रुपैयाा सयौं नेपालीको उपचारका लागि भारतको शिलगढी लगायतका क्षेत्रमा गइरहेको अवस्था थियो’ – ज्ञापनपत्रमा अगाडि भनिएको छ । अहिले बी एण्ड सीले स्थानीयस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको जनाउादै सो हस्पिटलले अब स्वास्थ्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्न मेडिकल कलेजको अनिवार्य आवश्यकता औंल्याएको छ । ज्ञापनपत्र हस्तान्तरण कार्यक्रमको सञ्चालन बी एण्ड सीका जनसम्पर्क अधिकारी प्रमिश गिरीले गरेका थिए ।

 

Views: 59

प्रतिक्रिया (०)

सम्बन्धित खबर