Aamsanchar

तरुण दल सुनसरीमा गुरुङ

Author Image
बुधवार, भदौ २२, २०७३

इटहरी।

download

नेपाली काँग्रेसको भातृ सङ्ठन नेपाल तरुण दल सुनसरीको सभापतिमा पुनः सिजन गुरुङ निर्वाचित भएका छन् ।

यसअघि कार्यवाहक सभापति रहेका गुरुङ दलको धरानमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मतले अध्यक्षमा निर्वाचित भएका हुन ।

निर्वाचित अन्य पदाधिकारी र केन्द्रीय प्रतिनिधिसमेत सर्वसम्मत नै भएको काँग्रेस सुनसरी सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङले बताउनुभएको छ । उहाँका अनुसार उपसभापतिमा सन्तोष विक, सचिवमा रमेश कटवाल र अम्बुस श्रेष्ठ, कोषाध्यक्षमा अरविन्द मण्डल रहेका छन् ।

त्यसैगरी केन्द्रीय प्रतिनिधिमा सुवोध घिमिरे, गोमा अन्सारी, माया राई, उर्मिला कोइराला, प्रेमकुमार राई, रोजन रणपहेली र राजकुमार ठाकुर सर्वसम्मत निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर