Aamsanchar

इलाममा १० स्थानीय तह हुने

Author Image
बुधवार, भदौ २२, २०७३

इलाम ।

Ilam-hamrakura.jpg

लामो छलफलपछि इलाममा १० वटा स्थानीय तह बनाउने सहमति भएको छ । स्थानीय निकाय पुनःसंरचना प्राविधिक सहयोग समितिको राजनीतिक दलका प्रतिनिधिसमेत आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

स्थानीय तह पुनःसंरचना आयोगले दिएको सङ्ख्याभन्दा दुई वटा स्थानीय तह थप गर्ने गरी सहमति भएको प्राविधिक सहयोग समितिका सदस्य तथा जिविस इलामका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताउनुभयो ।

इलामको स्थानीय निकाय पुनःसंरचनाका लागि यसअघि पटक–पटक छलफल भएपनि सङ्ख्यामा सहमति नजुट्दा अन्तिम टुङ्गो भने लागेको थिएन । देशभर ५६५ स्थानीय तह बनाउने गरी आयोगले इलाम जिल्लालाई आठ वटा स्थानीय निकाय तोकेकोे थियो । प्राविधिक समितिले यसअघि आयोगले तोकेअनुसार आठ वटा क्लस्टर बनाउने गरी प्रस्ताव गरेको थियो ।

“जिल्लास्थित विभिन्न राजनीतिक दलमध्ये नेकपा एमालेलगायत केही दल त्यसमा सहमत भएपनि नेपाली काँग्रेसलगायत दलले सङ्ख्या थप गर्नुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन ।

सङ्ख्यामा सर्वसम्मत भएपनि यी क्लस्टरको सीमाङ्कन, नामाङ्कन र केन्द्रबारे भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय भएको खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर