Aamsanchar

झापामा साउन यता चारको हत्या

Author Image
बिहिवार, भदौ २३, २०७३

विर्तामोड ।

download

झापामा पछिल्लो समय हत्याका घटनाहरु बढ्न थालेको छ । गत साउन १ गतेदेखि भदौ २२ गतेसम्म ४ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्त डीएसपी हरिप्रसाद शर्माले दुई महिला र दुई पुरुषको हत्या भएको बताए । उनका अनुसार झापा बुधबारकी तनुजा कोइराला, बैगुन्धराका मिलन हस्दा, दमकका सुमि राई र मंगलबारराती धुलाबारीमा नामथर खुल्लन नसकेका एक पुरुष गरी चार जनाको हत्या भएको छ ।
पछिल्लो समय हत्याका घटना बढुन थालेको र अधिकांश हत्याका घटनाहरु रिसिबी तथा आपसी झगडाका कारण हुने गरेको प्रहरीले जनाएको छ । ठूला अपराधहरु घटेपनि घरेलु हिंसा, बलात्कारको प्रयासमा लगायतका कारण हत्याका घटनाहरुले प्रश्रय पाएको डीएसपी शर्माले बताए । हत्यामा संलग्नहरुलाई पक्राउ गरि कारबार्ही थालिएको प्रहरीले जनाएको छ ।
यसैबीच झापाको मेचीनगर नगरपालिका–१ स्थित निन्दा खोलामा मंगलबारराति एक व्यक्तिको हत्या भएको छ । नाम, थर, वतन खुल्न नसकेका ५५ वर्षीय पुरुषको चन्द्रगढी–१ निवासी ३६ वर्षीय नेत्र गिरीले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको राति साढे ११ बजे हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए । हत्यामा संलग्न गिरीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको उनले बताए ।
देशमा अपराधको ‘ग्राफ’ बढ्दै गएको छ । बलात्कार, मानव बेचबिखन, लागुऔषध, ठगी, आत्महत्या, चोरी–डकैती, कालोबजारीजस्ता अपराधका घटना बढीरहेका बेला पछिल्लो समय झापा सहित पूर्वमा नै हत्याका घटनाहरु बढ्न थालेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर