Aamsanchar

पाठेघरको क्यान्सर विरुद्धको खोप

Author Image
बिहिवार, भदौ २३, २०७३

काठमाडौं:

uteres-57d0fc19996295.75389950

सरकारले महिलामा हुने पाठेघरको मुखको क्यान्सरलाई रोक्न सो रोगविरुद्धको खोप कार्यक्रमको दोस्रो चरण बिहीबारदेखि सुरु गरेको छ ।

गत वर्षको फागुन १६ गते कास्की र चितवनमा खोप कार्यक्रम सुरु गरिएको थियो । छ महिनाको अन्तरमा दुई चरणसम्म दिइने खोपको दोस्रोचरण आजदेखि सुरु गरिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्द गौतमले जानकारी दिए ।

पहिलो चरणमा विद्यालयमा जाने कक्षा ६ का र विद्यालय नजाने १० वर्ष उमेरका १५ हजार किशोरीलाई खोप दिइएको थियो ।

गौतमका अनुसार गत वर्ष लगाएकालाई दोस्रो चरणको र अहिले कक्षा ६ मा अध्ययनरत र १० वर्षका किशोरीलाई पहिलो चरणको खोप दिइन लागिएको छ ।

उनले भने-‘हामीले परीक्षणस्वरुप दुई जिल्लामा खोप कार्यक्रम सुरु गरेका छौँ । बाँकी जिल्लामा यस कार्यक्रमको प्रभावकारिता हेरी सुरु गरिनेछ ।’ निःशुल्करुपमा दिइने यो खोपको मूल्य दुई चरणको गरी २० हजार रुपैयाँ पर्छ ।

आजदेखि विद्यालयमा जाने किशोरीलाई विद्यालयमा पुगेर खोप दिनुपर्ने र नजाने किशोरीलाई नजिकको स्वास्थ्य केन्द्रमा पुगेर खोप दिने भएकाले कार्यक्रम सञ्चालन गर्न कठिन भएको र दुई जिल्लाको परिणाम हेरेर मात्रै बाँकी जिल्लामा कार्यक्रम लैजाने सरकारको तयारी छ ।

गौतमका अनुसार पाठेघरको मुखको क्यान्सरको जोखिम भएका ३० देखि ६० वर्ष उमेरका महिलाका लागि पनि कार्यक्रम ल्याउने तयारी भइरहेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)