Aamsanchar

रोटरी बिर्तामोडले झापाको शिक्षा क्षेत्रमा यस्तो काम गर्दैछ

Author Image
बिहिवार, भदौ २३, २०७३

शिक्षाका लागि उदाहरणीय अभियान

rotry club btm
बिर्तामोड ।
रोटरी क्लवले विश्वव्यापीरुपमा साक्षरता अभियान शुरु गरेको छ । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने यथार्थ आत्मसाथ गरी सेवा अभियान चलाइरहेको रोटरीले आगामी २० वर्षमा विश्वका हरेक बालबालिका विद्यालय पुग्न सकुन भनेर यो अभियान शुरु गरेको हो । रोटरीले यसअघि विश्वव्यापीरुपमा पोलियो उन्मुलन अभियान सञ्चालन गरेको थियो । अहिले शिक्षालाई प्राथमिकता दिएर अभियान शुरु गरेको छ ।
यसैबीच रोटरी क्लव अफ बिर्तामोडले यसवर्ष झापामा शिक्षा क्षेत्रमा गर्ने काम सार्वजनिक गरेको छ । रोटरीको अन्तर्राष्ट्रिय लक्ष्य बमोजिम डिष्ट्रिक ३२९२ अन्तरगतको रोटरी क्लव अफ बिर्तामोडले बिहीबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारी यसवर्ष संस्थाले गर्ने काम घोषणा गरेको हो ।
रोटरीको शिक्षण र सरसफाई (टिच एण्ड वास) अभियान अन्तरगत टिचर्स सपोर्ट, इ लर्निङ र चाइल्ड डेभलपमेन्टका क्षेत्रमा काम गर्ने रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष विनयराज पोखरेलले जानकारी दिए । अभियान अन्तरगत अन्तर्राष्ट्रिय रोटरीले काम गर्ने पााच लक्ष्य र क्षेत्र निर्धारण गरेको छ । उक्त तीन वटा बाहेक एडल्ट लर्निङ र ह्याप्पी स्कूल नामक कार्यक्रम रहेको छ ।
अन्तर्राष्ट्रिय रोटरीले दिएको लक्ष्य पुरा गर्न रोटरी बिर्तामोडले सुरेश वंशललाई टिच एण्ड वास अभियानको संयोजकको जिम्मेवारी दिएको छ । जसको सचिवमा नविन गट्टानी रहेका छन् । रोटरी बिर्तामोडले गर्ने तीन काममध्ये टिचर्स सपोर्टको संयोजकमा शारदा थपलियालाई जिम्मेवारी दिएको छ । जसअन्तरगत रोटरीले चयन गरेको एक विद्यालयका ४/५ शिक्षकलाई दक्ष प्रशिक्षकबाट उनीहरुको लागि आवश्यक एक हप्ते प्रशिक्षण प्रदान गरिने छ ।
त्यस्तै ई लर्निङको संयोजकको जिम्मेवारी अमोद आचार्यलाई दिइएको छ । उक्त कार्यक्रम अन्तरगत कुनै एक विद्यालयमा रोटरीले कक्षा कोठामा इलेक्ट्रोनिक प्रणालीबाट पठनपाठनका लागि प्रोजेक्टर र निर्धारित कक्षाको सम्पूर्ण कोर्षको सफ्टवेयर प्रदान गर्नेछ । कक्षा कोठाको सिकाइलाई प्रभावकारी बनाउन यसो गर्न लागिएको क्लवका अध्यक्ष पोखरेलले बताए ।
जसको लागि रोटरीले १ लाख १० हजारभन्दा बढी खर्च गर्ने क्लवका डाइरेक्टर केदार गिरीले जानकारी दिए । त्यस्तै चाइल्ड डेभलपमेन्ट कार्यक्रमलाई प्रभावकारी बनाउन ओम विमलीलाई संयोजकको जिम्मेवारी दिइएको छ । उक्त कार्यक्रम अन्तरगत विद्यालय जादाजादै पढाई छोडेका र विद्यालय नै नपुगेका बालबालिकालाई विद्यालयसम्म पुर्‍याउनका लागि सहयोग गर्ने रोटरीका सदस्य धर्म खड्काले बताए ।
क्लवका सदस्य राजु मित्तलका अनुसार झापाका त्यस्ता एक सय विद्यार्थीलाई रोटरीले सहयोग पुर्‍याउने छ । उक्त कार्यक्रमका लागि १ लाख २० हजार रुपैयााभन्दा बढी खर्च हुने संयोजक विमलीले बताए ।
जनकल्याण प्रतिष्ठान अन्तरगत विभिन्न ठाउामा स्थापना हुने अनौपचारिक कक्षामा त्यस्ता विद्यार्थीलाई सहभागी गराइ छुटेको पढाई पुरा गरी उमेर अनुसार विद्यालय तहमा पुन: भर्ना गराइने बताइएको छ । यी तीन कार्यक्रम बाहेक रोटरी बिर्तामोडले एडल्ट लर्निङको क्षेत्रमा समेत आवश्यकता अनुसार काम गर्ने बताइएको छ । जसको संयोजक मिनप्रकाश मैनालीलाई तोकिएको छ । त्यस्तै ह्याप्पी स्कूल कार्यक्रमका लागि विकेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१