

काठमाडौं ।

पूर्वप्रेमिकासँगको फोटो फेसबुकमा राखेपछि इलाम घरभई काठमाडौं बस्ने दिनेश खरेललाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रेमिकाले धोका दिएको झोकमा उनीसँग खिचेको फोटो फेसबुकमा राख्ने तथा युवतीका पतिलाई पनि पठाउने गरेपछि युवतीले प्रहरीमा जाहेर गरेकी थिइन् ।

युवतीको जाहेरीका आधारमा गत महिना महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरि विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही अगाडी बढाएको काठमाडौं परिसरका डिएसपी रविन्द्र रेग्मीले बताए ।
चार वर्षदेखि आफूहरुबीच गाढा प्रेम रहेको र बीचमा धोका दिएपछि आफूले पनि आफुसँगैका फोटा सार्वजनिक गरेको युवकले बताएका छन् ।
Views: 143

