
कोमलप्रसाद पोखरेल
सुरुङ्गा

पूर्णिमा रातमा जूनको दुःख छ,
गीतसङ्गीतमा धूनको दुः छ ।
सून देशैभरी नूनको दःख छ,
मेषका गोठ छन् ऊनको दुःख छ ।

धान धेरै फल्यो खानको दुःख छ,
देश रित्याउँदै लानको दुःख छ ।
धेर मन्त्री बने चोरको दुःख छ,
प्राज्ञ थुन्ने ठुलो खोरको दुःख छ ।

माथि नेता गए भाँडको दुःख छ ।
जाँड धोक्छन् सबै राँडको दुःख छ ।
स्वस्थ छन् सुन्दरी गाँडको दुःख छ,
देश थारो भयो साँडको दःख छ ।


सिंहदर्बारमा ढाँटको दुःख छ,
लाखका छन् पलङ् खाटको दुःख छ ।
शूर छन् वीर छन् आँटको दुःख छ,
देश टुक्र्याउने भाटको दुःख छ ।
आज भन्सारमा भव्यको दुःख छ,
घूस खाए पनि द्रव्यकै दुःख छ ।
नेत्र छन् बार सौ दृष्टिको दुःख छ,
दर्र दर्क्यो झरी वृष्टिको दुःख छ ।
Views: 227

