Aamsanchar

बाह्र स्थानीय निकायको प्रस्ताव

Author Image
शनिवार, भदौ २५, २०७३

भोजपुर ।

Bhojpur-Bazzar-800x496

स्थानीय निकाय पुनःसंरचनाको विषयलाई लिएर यहाँ क्रियाशील राजनितिक दलले १२ स्थानीय निकायको प्रस्ताव दोहो¥याएका छन् ।

नेपाली काँग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरम नेपाल, राप्रपा नेपाल, राप्रपा र खम्बुवान राष्ट्रिय मोर्चा नेपाल भोजपुरको शुक्रबार बसेको संयुक्त बैठकले जिल्लाको स्थानीय निकायको पुनःसंरचना उपयुक्त नभएको निष्कर्ष निकाल्दै भौगोलिक अवस्था, जनसङ्ख्या र सघन बसोबासलाई आधार बनाई एक दर्जन स्थानीय निकाय बनाउने निर्णय गरेको हो ।

स्थानीय निकायको नामाङ्कन र केन्द्र निर्धारण स्थानीय तहको निर्णय अनुसार हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् । स्थानीय निकाय पुनःसंरचना प्राविधिक समन्वय समितिद्वारा भने आठ गाउँपालिका प्रस्तावित गरिएको थियो । पुनःसंरचना आयोगले कुल ५६५ स्थानीय निकायको प्रस्ताव गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर