Aamsanchar

डेटिङमा गएकी युवतीसँग यसरी भयो समूहिक बलात्कार

Author Image
शनिवार, भदौ २५, २०७३

काठमाडौं।

Rape3

आफूलाई प्रहरी बताउने दुई जनाले डेटिङमा गएकी युवतीलाई धम्क्याएर सामूहिक बलात्कार गरेका छन् ।

यौन सम्बन्ध राख्न नदिए थुनिदिने धम्की दिएर रसुवाका लाकु ग्याल्बो घले र रामेछापका अनिल खड्काले युवतीमाथि बलात्कार गरेका हुन् । दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । घटना गत १२ साउनमा बलाजुमाथिको मड्खु भ्यूटावरनजिकै भएको थियो ।

कपन बस्ने एक १८ वर्षीया युवतीलाई उनीहरुले भ्यूटावरनजिकै मकैबारीमा सामूहिक बलात्कार गरेका हुन् । घले र खड्कालाई भक्तपुर प्रहरीले नगरकोटबाट पक्राउ गरेको हो । त्यसअघि युवती आफ्ना प्रेमीसँग पशुपति मन्दिर घुम्न गएकी थिइन् । त्यहाँ प्रेमीसँग फोटो खिच्ने क्रममा घले र खड्काले आफूहरुलाई प्रहरी भएको बताएर सार्वजनिक स्थानमा अमर्यादित गतिविधि गरेको भन्दै नियन्त्रणमा लिए ।

युवकलाई खड्काले तथा युवतीलाई घलेले नियन्त्रणमा लिएका हुन् । घलेले युवतीलाई हिँडाउँदै पशुपति मन्दिरबाट चाबहिलसम्म पुगाएपछि बालाजुस्थित प्रहरी कार्यालय लैजाने भन्दै बस चढाएर त्यसतर्फ लगेका थिए । भ्यूटावरनजिक पुगाएपछि यौनसम्पर्क गर्न दिए छाडिदिने र नदिए जेलमा थुनिदिने भन्दै धम्क्याएर मकैबारीमा सामूहिक बलात्कार गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)